Logo

एसईई दिएर बसेका विद्यार्थिलाई स्मार्टले १ रुपैयाँमै सिमकार्ड दिने, प्रतिमहिना ५०० एमबी डाटा उपलब्ध

एसईई दिएर बसेका विद्यार्थिलाई स्मार्टले १ रुपैयाँमै सिमकार्ड दिने, प्रतिमहिना ५०० एमबी डाटा उपलब्ध



काठमाडौं । स्मार्ट टेलिकमले स्टुडेन्ट सिम अन्तर्गत १ रुपैयाँमै सिमकार्ड उपलब्ध गराउने भएको छ । कम्पनीले विशेष योजना सार्वजनिक गर्दै एसईई दिएर बसेका विद्यार्थिहरुलाई १ रुपैयाँमै सिमकार्ड वितरण गर्ने जानकारी दिएको हो ।

कम्पनीको उक्त योजना अन्तर्गत एसईई २०७५ मा सहभागी विद्यार्थीहरुलाई मात्र १ रुपैयाँमा स्टुडेन्ट सिमकार्ड उपलब्ध हुनेछ । उक्त सिमकार्ड लिन विद्यार्थीले एसईई प्रवेश पत्रको फोटोकपि सहित आवश्यक कागजात प्रस्तुत गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

स्मार्टले उपलब्ध गराएको, स्टुडेन्ट सिमकार्डमा १ हजार ५०० एमबी डाटा रहेको छ, जुन हरेक महिना ५ सय एमबीका दरले ३ महिनासम्म प्राप्त गर्न सकिने छ ।

कम्पनीको उक्त योजना यही अप्रिल ४, २०१९ बाट शुरु भई ९० दिनसम्मका लागि नेपाल अधिराज्यभर लागु हुनेछ । स्टुडेन्ट सिमकार्ड नजिकै रहेका स्मार्ट सेन्टरहरु र एडुुवल्र्ड ग्रुप अफ एडुकेशनबाट मात्र उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL