Logo

डेढ करोड सेवाग्राही भएको स्प्यारो एसएमएस दशौं बर्षमा प्रवेश, १८०० बढी संस्थालाई सेवा

डेढ करोड सेवाग्राही भएको स्प्यारो एसएमएस दशौं बर्षमा प्रवेश, १८०० बढी संस्थालाई सेवा



काठमाडौं । मोबाईल मेसेजिङ सेवा मार्फत सूचना प्रवाह गर्दै आएको कम्पनी स्प्यारो एसएमएस दशौँ वर्षमा प्रवेश गरेको छ । कम्पनी आईतबार मात्रै आफ्नो ९ बर्ष पुरा गर्दै दशौं बर्षमा प्रवेश गरेको हो ।

कम्पनीले आफ्नो ९ बर्षको कार्यकालमा डेढ करोड बढी प्रयोगकर्तालाई एसएमएस सेवा प्रदान गर्न सफल भएको छ ।

हाल १ हजार ८ सय भन्दा बढी संस्था तथा कम्पनीहरुले स्प्यारो एसएमएसको बल्क एसएमएस (एकै पटक धेरैलाई एसएमएस पठाउने) सुविधा लिएर सेवा प्रदान गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

जानकि टेक्नोलोजीले यसरी एकै पटक धेरैलाई मोबाइल सन्देश पठाउने सेवा प्रदान गर्ने उद्देश्यका साथ सन् २०१० मा स्प्यारो एसएमएस सेवाको सुरुवात गरेको थियो । अझै पनि इमेल र इन्टरनेटको पहुँच सहज नभएको हाम्रो मुलुकमा एसएमएस सेवा सन्देश प्रवाह गर्ने एउटा सहज माध्यम बनेको छ ।

कुनै पनि सूचनालाई भिन्दाभिन्दै जानकारी गराउन धेरै समय लाग्ने अवस्थाबाट पनि बल्क एसएमएस सेवाले सहजता प्रदान गर्छ । यसबाट सजिलैसँग थोरै समयमा धेरैलाई जानकारी पुर्याउन सकिने कम्पनीले जानकारी दिएको छ ।

स्प्यारो एसएमएसले नेपालका विभिन्न सरकारी संस्थाहरू, स्थानीय सरकारहरू, बैंक र वित्तीय संस्थाहरू, विद्यालय तथा कलेजहरुका साथै नेपालका विभिन्न प्रसिद्ध ब्रान्डहरूलाई एसएमएस सेवा प्रदान गर्दै आएको छ ।

साथै, स्प्यारो एसएमएसले मोवाइलमा सन्देश पठाएर तरकारीको होलसेलररिटेल मूल्य, वैदेशिक रोजगारीमा आफ्नो अनुमति पत्रबारे सूचना, विभिन्न परीक्षाको रिजल्ट लगायतका जानकारी उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले केहि महिना अघि मात्रै यातायात व्यवस्था विभागसँग सहकार्य गरी सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL