Logo

फेसबुकमा समस्या आएपछि अश्लिल साईटमा झुम्मिए प्रयोगकर्ता, १९ प्रतिशतले बढे अश्लिल साईट हेर्ने

फेसबुकमा समस्या आएपछि अश्लिल साईटमा झुम्मिए प्रयोगकर्ता, १९ प्रतिशतले बढे अश्लिल साईट हेर्ने



काठमाडौं । बुधबार एकाएक सामाजिक संजाल फेसबुक तथा ईन्स्टाग्राममा समस्या आएपछि अश्लिल सामग्री हेर्नेको संख्या ह्वात्तै बढेको पाईएको छ ।

फेसबुक तथा ईन्स्टाग्राममा एकाएक समस्या आएपछि अश्लिल साईटमध्येकै एक ‘पोर्नहब’मा गुगल खोजीकर्ताहरु झुम्मिएका हुन ।

फेसबुक र ईन्स्टाग्राममा समस्या आएको केही समय पोर्नहबमा ११ प्रतिशतले ट्राफिक बढेको र साँझपख सो संख्या बढेर १९ प्रतिशतमा पुगेको पोर्नहबले जानकारी दिएको छ ।

सामाजिक संजाल बन्द भएसँगै सबैजसो सामाजिक संजाल प्रयोगकर्ता पोर्नहब वेबसाइटमा झुम्मिएको रिपोर्टले देखाएको छ । पोर्नहबले ईन्स्टाग्रामको सर्चमा ३ सय २३ प्रतिशत र फेसबुकको सर्चमा २ सय २१ प्रतिशतको छलाङ मारेको जानकारी दिएको छ ।

यसको मतलव सामाजिक संजाल बन्द भएलगत्तै प्रयोगकर्ताहरु नराम्रो तरिकाले फेसबुक तथा ईन्स्टाग्रामसम्बन्धी सेक्सी भिडियोहरु हेर्न चाहान्थे ।

उक्त वेबसाईटमा खोजकर्ताका लागि आवश्यक र उनीहरुलाई ब्यस्त बनाउन प्रसस्तै मात्रामा कन्टेन्ट रहेको कम्पनीले जानकारी दिएको छ । पोर्नहबका अनुसार आफ्नो वेबसाईटमा ‘ईन्स्टाग्राम’ नामका २ हजार ५ सय कन्टेन्ट रहेका छन ।

फेसबुक बन्द भएसँगै मानिसहरु आफ्नो समय व्यतित गर्न विभिन्न माध्यमहरु अपनाउने देखिएको छ । यसले समय विताउन फेसबुक मात्रै विकल्प नरहेको पुष्टी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL