Logo

ईन्टरनेट सेवामा नेपाल टेलिकम उत्कृष्ट, फोनमा एनसेल अगाडी

ईन्टरनेट सेवामा नेपाल टेलिकम उत्कृष्ट, फोनमा एनसेल अगाडी



काठमाडौं । नेपाल टेलिकम अन्य सेवा प्रदायकभन्दा ईन्टरनेट सेवामा उत्कृष्ट देखिएको छ ।

सरकारी स्वामित्वको दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमको ईन्टरनेट सेवा पृथ्वी राजमार्ग, बागलुङ बजार, पोखरा तथा भक्तपुरमा अन्य सेवाप्रदायक भन्दा उत्कृष्ट पाईएको हो ।

नेपाल दूरसंचार प्राधिकरणले हालै पृथ्वी राजमार्ग, बागलुङ बजार, भक्तपुर तथा पोखरामा गरेको एक अध्ययन अनुसार ईन्टरनेट गुणस्तरका विभिन्न मापदण्डमा एनसेल र स्मार्टसेल भन्दा टेलिकमको सेवा उत्कृष्ट पाईएको छ ।

प्राधिकरणले ईन्टरनेट सेवामा नेपाल टेलिकम अन्य सेवाप्रदायकभन्दा अन्य क्षेत्रमा पनि राम्रो रहेको निश्कर्ष निकालेको हो । प्रधिकरणले अध्ययन गरेको ४ स्थानमा नेपाल टेलिकमको ईन्टरनेटमा पिंग (डाटालाई लक्षित स्थानसम्म पुग्ने र सोको जानकारी प्रयोगकर्तासम्म आईपुग्ने) हुन लाग्ने समय अन्य सेवा प्रदायकको तुलनामा कम भएको पाईएको हो ।

सर्वेक्षण अनुसार फोन सेवाको गुणस्तरमा भने टेलिकमलाई एनसेलले उछिनेको छ । अध्ययन अनुसार फोन सेवामा भक्तपुरमा नेपाल टेलिकमको कल स्थापना हुन लाग्ने समय एनसेलको भन्दा बढि छ । तर उक्त सुचकमा टेलिकम, एनसेल र स्मार्टसेलले प्राधिकरणले तोकेको न्युनतम मापदण्ड पनि पुरा गर्न नसकेको देखिएको छ ।

प्राधिकरणले कल स्थापना हुन लाग्ने समय ५ सेकेन्ड वा सो भन्दा कम तोकेकोमा नेपाल टेलिकमको कल स्थापना हुन लाग्ने समय १२ दशमलव ३९ सेकेण्ड, एनसेलको ७ दशमलव ८८ सेकेण्ड र स्मार्टसेलको १५ दशमलव ६५ सेकेण्ड रहेको पाईएको छ । यस्तै पृथ्वी राजमार्ग, बागलुङ बजार तथा पोखरामा पनि नेपाल टेलिकम एनसेलभन्दा पछि परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL