Logo

१० हजार सार्वजनिक स्थानमा फ्री वाईफाई राख्दै वर्ल्डलिंक, ३ हजार स्थान छनोट

१० हजार सार्वजनिक स्थानमा फ्री वाईफाई राख्दै वर्ल्डलिंक, ३ हजार स्थान छनोट



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले विभिन्न १० हजार सार्वजनिक स्थानमा फ्रि वाईफाई सेवा जडान गर्ने भएको छ ।

कम्पनीले अबको १ बर्षमा नेपालभरका सार्वजनिक स्थलहरुमा फ्रि वाईफाई सेवा जडान गर्ने भएको हो ।

कम्पनीले काठमाडौंका विभिन्न ६ सार्वजनिक स्थान तथा एयरपोर्टमा दिँदै आएको उक्त सेवा अब नेपालभर नै विस्तार गर्ने भएको छ । उक्त योजना अनुसार मानिसहरुको अत्याधिक भिडभाड हुने स्थानमा फ्रि वाईफाई सेवा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

फ्रि वाईफाई सेवा उपलब्ध गराउने उद्देश्यले हालसम्म ३ हजार स्थानहरु चयन भईसकेका तथा अन्य स्थान हरु चयनका लागि काम अघि बढाइएको कम्पनीका कर्पोरेट निर्देशक लक्ष्मण यादवले जानकारी दिए । उनका अनुसार विभिन्न निकायसँग सम्झौता गर्र्दै अबको १ बर्षमा देशभरका नगरपालिका, गाउपालिका तथा सार्वजनिक स्थलहरु लगायत सबै एयरपोर्टहरुमा फ्रि वाईफाई सेवा प्रदान गरिनेछ ।

हाल काठमाडौंका विभिन्न ६ स्थानमा फ्रि वाईफाई सेवा जडान गरेको वल्र्डलिंकको सेवा काठमाडौंकै अन्य स्थानहरुमा पनि विस्तार गरिने भएको हो ।

तार ब्यवस्थापन

ईन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) सँगको सहकार्यमा वर्ल्डलिंकले तार ब्यवस्थापनको काम पनि अघि बढाएको छ । कम्पनीले १ महिनादेखि सुरुवात गरेको तार ब्यवस्थापन योजना अन्तरगत पहिलो चरणको त्रिपुरेश्वर देखि सितलनिवासम्मको काम सम्पन्न भईसकेको छ ।

यस्तै दोस्रो चरण अन्तर्गतको बालुवाटार देखि माईतिघर सम्मको तार ब्यवस्थापनको काम अघि बढिरहेको छ । कम्पनीले शहरमा जथाभावी तारहरु भएको र सो तारहरु लत्रिदा दुर्घटनाका घटनाहरु पनि बढेको भन्दै आईस्पानसँगको सहकार्यमा उक्त काम अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL