Logo

सेक्युरिटी प्रेस र स्याटलाईट संचालन गर्न फ्रान्ससँग सहमति, दुई देशका मन्त्रीले गरे हस्ताक्षर

सेक्युरिटी प्रेस र स्याटलाईट संचालन गर्न फ्रान्ससँग सहमति, दुई देशका मन्त्रीले गरे हस्ताक्षर



काठमाडौं । सेक्युरिटी प्रेर र स्याटलाईट संचालनका लागि फ्रान्सले सहयोग गर्ने भएको छ । नेपालमा सेक्युरिटी प्रेस स्थापना तथा नेपाललाई आईटीयुले उपलब्ध गराएको अर्विटल स्लटमा स्याटलाइट सञ्चालन र व्यवस्थापन गर्न फ्रान्स सरकारले सहयोग गर्ने भएको हो ।

laxmi

नेपाल सरकारको उक्त योजना कार्यान्वयन गर्न फ्रान्स सरकारले नेपाल सरकारलाई सहुलियतपूर्ण आर्थिक सहयोग सहित प्राविधिकलगायत अन्य आवश्यक सहयोग उपलब्ध गराउने विषयमा सहमति भएको हो । सेक्युरिटी प्रेस स्थापना र स्याटलाईट सञ्चालन गर्ने विषयमा दुई नेपाल र फ्रान्स सरकारका मन्त्रीले हस्ताक्षर गरेका हुन् ।

स्पेनको बार्सिलोनामा भएको मोबाइल कङ्ग्रेसमा गएको बेला सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले फ्रान्सको औपचारिक भ्रमण गरी उक्त सम्झौता गरेका हुन् ।

सेक्युरिटी प्रेस स्थापनाका लागि नेपाल सरकारको सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्वमा रहेको इन्ग्रोपबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसैगरी स्याटलाईट सञ्चालनका लागि भने नेपाल दूरसञ्चार प्राधिकरण र फ्रान्स सरकारको थेस्ले एलिना स्पेसबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

हाल भएको दुवै समझदारीपत्रमा कम्तिमा तीन महिना भित्र परियोजना सम्झौता करार गरी काम सुरु गर्ने उल्लेख गरिएको छ । सेक्युरिटी प्रेसको काम ३ बर्ष भित्र र स्याटलाईट सम्बन्धी काम साढे २ बर्षभित्र कार्यान्वयनमा ल्याईनेछ ।

भ्रमणका क्रममा मन्त्री बास्कोटा र फ्रान्स सरकारका विदेश राज्यमन्त्रीबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।

फ्रान्सले नेपालको पर्यटन, पूर्वाधार र प्रविधि विकासका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको रहेको समेत मन्त्री बास्कोटाले जानकारी दिए । भेटमा बास्कोटाले आगामी दिनमा नेपालले गर्न लागेको लगानी सम्मेलनमा सहभागिता जनाउन समेत आग्रह गरेका थिए

प्रतिक्रिया दिनुहोस्
MBL