Logo

एनसेलले ६ महिनामा बढायो करिव ४ लाख फोरजी प्रयोगकर्ता, नेपाल टेलिकमको कती?

एनसेलले ६ महिनामा बढायो करिव ४ लाख फोरजी प्रयोगकर्ता, नेपाल टेलिकमको कती?



काठमाडौं । दूरसंचार क्षेत्रको नीजी सेवाप्रदायक एनसेलले पछिल्लो ६ महिनामा आफ्ना फोरजी सेवाग्राहीको संख्या करिव ४ लाखले बढाएको छ ।

नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार एनसेलले चालु आर्थिक बर्षको साउन देखि पुस मसान्तसम्म ३ लाख ९३ हजार जना सेवाग्राही थप गरेको हो ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले भने पछिल्लो समय आफ्नो फोरजी सेवाग्राहीको वृद्धिमा कछुवागती अंगालेको छ । कम्पनीले नीजी सेवा प्रदायक कम्पनी एनसेलको तुलनामा न्युन गतीमा आफ्नो फोरजी चलाउने ग्राहकहरु वृद्धि गरेको हो ।

नेपाल टेलिकमले पछिल्लो ६ महिनामा आफ्ना फोरजी सेवाप्रदायकको संख्यामा जम्मा ७४ हजार ६ सय ७ जना मात्रै वृद्धि गरेको छ ।

नेपाल टेलिकमले एनसेलको भन्दा केहि महिना अघि नै आफ्नो फोरजी सेवा विस्तार गरेको भएपनि एनसेलको भन्दा लगभग ५ लाख जना कम नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता छन । यसरी हेर्दा नेपाल टेलिकम आफ्नो फोरजी सेवा विस्तारमा एनसेललाई अछिन्नुपर्ने ठाउँमा उल्टै पछ्याउन पनि सकेको देखिदैन ।

नेपाल टेलिकमको फोरजी सेवाग्राहीहरु पुस मशान्तसम्म ६ लाख ९५ हजार जना रहेका छन भने एनसेलले आफ्ना फोरजी सेवाग्राहीहरु ११ लाख ९४ हजार जना पुर्याएको छ । एनसेलले हाल आफ्नो फोरजी सेवा काठमाडौं लगायत देशका प्रमुख १० बढी शहरमा विस्तार गर्दा नेपाल टेलिकमको फोरजी सेवा भने काठमाडौं र पोखरामा मात्रै सिमित छ ।

प्रतिक्रिया दिनुहोस्
MBL