Logo

टेलिकमको ‘नमस्ते क्रेडिट’ सेवा परिमार्जन हुँदै, अब आफै सेवा लिन र बन्द गर्न सकिने

टेलिकमको ‘नमस्ते क्रेडिट’ सेवा परिमार्जन हुँदै, अब आफै सेवा लिन र बन्द गर्न सकिने



काठमाडौं । नेपाल टेलिकमले आफ्नो नमस्ते क्रेडिट सेवालाई सुधार गर्ने भएको छ । कम्पनीले हालसम्म ग्राहकको मोबाईलमा आफै संचालित हुने उक्त सेवालाई अब ग्राहकको ईच्छाअनुसार प्रयोग गर्न सकिने गरी सुधार गर्न लागेको हो ।

कम्पनीले यसअघी ग्राहकको प्रोफाईल हिस्ट्री हेरेर उक्त सेवा दिने गरेकोमा हाल यसलाई परिमार्जन गर्दै ग्राहकले चाहेको खण्डमा मात्रै लिनेगरी संचालनमा ल्याउन लागेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन ।

उनका अुनसार उक्त सेवाको सुधार भने ग्राहकहरुकै सहमतीमा गर्न लागीएको हो । टेलिकमले यसअघि उक्त सेवामार्फत बढीमा ४० रुपैयाँसम्मको क्रेडिट दिनेगरेकोमा अब उक्त सेवामा बढीमा २० रुपैयाँसम्म क्रेडिट पाईने भएको छ ।

ग्राहकहरुले उक्त सेवा संचालन गर्नका लागि अंग्रेजीमा ‘स्टार्ट’ लेखेर १४७७ मा एसएमएस गर्ने तथा उक्त सेवा बन्द गर्न अंग्रेजीमा ‘स्टप’ लेखेर १४७७ मै एसएमएस पठाउन सकिने टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL