Logo

सामाजिक सञ्जालमा कसैलाइ जिस्क्याउनुहुन्छ ?, परिएला तीन बर्षसम्म जेल

सामाजिक सञ्जालमा कसैलाइ जिस्क्याउनुहुन्छ ?, परिएला तीन बर्षसम्म जेल



काठमाडौं । अबदेखि सामाजिक संजालमा कसैलाई जिस्क्याउन पनि नपाईने भएको छ । सुचना प्रविधिको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयकको सामाजिक संजाल सम्बन्धीको ब्यवस्थामा सामाजिक संजालमार्फत कसैलाई जिस्क्याएमा ३ बर्षसम्म कैदको सजाय दिन सकिने ब्यबस्था गरेको हो ।

सरकारले नयाँ विधेयकमा सामाजिक संजाल संचालन गर्नका लागि सुचना तथा संचार विभागमा दर्ता गर्नुपर्नेदेखि कानुन विपरित काम गर्नेलाई समेत कारवाहीको ब्यवस्था गरेको छ ।

उक्त विधेयक अनुसार कसैलाई जिस्क्याउने, होच्याउने, हप्काउने, झुक्याउने, हतोत्साहित गर्ने लगायतका कामहरु गरे ३ बर्षसम्म कैद तथा ३० हजार रुपैयाँसम्मको जरिवाना लगायतका कारवाही गर्ने ब्यवस्था गरेको हो ।

यस्तै सामाजिक संजालमार्फत नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधिनता, घृणा द्धेस, षड्यन्त्र फैलाउने कसैलाई भ्रमित पार्ने आशयले सम्प्रेषण गरेमा १५ लाख रुपैयाँ सम्म जरिवाना, ५ बर्षसम्म कैद वा दुवै सजाय दिनसक्ने ब्यबस्था गरेको छ ।

यस्तै उक्त विधेयकमा सामाजिक संजाललाई विभागमा दर्ता गराउनु पर्ने तथा नेपालका दर्ता नभएको सामाजिक संजाललाई पनि सरकारले रोक लगाउन सक्ने समेत उल्लेख गरिएको छ ।

यस्तै कसैले विद्युतिय प्रणालीमार्फत साईबर बुलिङ गरे १० लाखसम्म जरिवाना, ५ बर्षसम्म कैद सजाय, साईबर आतंक गरे ५ लाख रुपैयाँसम्म जरिवाना, तथा ५ बर्षसम्मको कैद सजाय पनि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL