Logo

लुम्बीनी नेट प्रालिको लाईसेन्स खारेज, बक्यौता बुझाउन ताकेता

लुम्बीनी नेट प्रालिको लाईसेन्स खारेज, बक्यौता बुझाउन ताकेता



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एक दूरसंचार सेवाप्रदायकको लाईसेन्स खारेज गरेको छ । प्राधिकरणले अनुमतीपत्र नविकरणका लागि नियमानुसार निवेदन नदिएको भन्दै लुम्बिनी नेट प्रालिको लाईसेन्स खारेज गरेको हो ।

laxmi

उक्त कम्पनीको अनुमतीपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) वमोजिम फागुन १ गतेदेखि स्वतः खारेज भएको हो ।

साथै उक्त कम्पनीलाई २०७४–७५ को नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तिय विवरण र सो अनुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम बुझाउनु हुन समेत प्राधिकरणले ताकेता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL