Logo

रिचार्जर एपमा थपियो आधा दर्जन नयाँ फिचर, प्रणय दिवसमा आईफोन एक्स उपहार

रिचार्जर एपमा थपियो आधा दर्जन नयाँ फिचर, प्रणय दिवसमा आईफोन एक्स उपहार



काठमाडौं । मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु थप गरेको छ । कम्पनीले भ्यालेन्टाईन डेको अवसर पारेर विभिन्न फिचरहरु थप गरेको हो । यस्तै रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ ।

रिचार्जरले भ्यालेनटाइन डेको अवसर पारेर यसका प्रयोगकर्तालाई गोलाप्रथाबाट आईफोन एक्स प्रदान गर्ने घोषणा गरेको छ । जसका लागि भने कम्पनीले केहि शर्त तोकेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार आइफोन एक्सको लक्की ड्रमा सहभागी हुनका लागि गुगल प्ले वा एप्पलको एप स्टोरबाट रिर्चाजरको एप डाउनलोड गरेर खाता खोल्नु पर्ने हुन्छ । त्यस पछि रिर्चाजरको फेसबुक पेज लाईक गर्नु पर्नेछ । यसका साथै कम्तिमा १५ जना साथीहरुलाई फेसबुकमा रिफरल ट्याग गर्नुपर्ने छ ।

१५ जनाभन्दा बढी साथीहरुलाई रिर्चाजरको एप रिफरल ट्याग गर्नेहरुमध्येबाट गोलाप्रथा गरी एक जनालाई आईफोन एक्स वितरण गरिनेछ । यो योजना फेब्रुअरी १२ देखि १८ तारिखसम्म चल्नेछ । फेब्रुअरी १८ अर्थात फागुन ७ गते फेसबुक लाइभ मार्फत आइफोन एक्सको विजेता छनौट गरिने सिंहले जानकारी दिए ।

साथै रिर्चाजरले आफ्नो ईकमर्श सेवा विस्तार गर्नेक्रममा झण्डै आधादर्जन बढी नयाँ फिचर समेत थप गरेको जनाएको छ । अब रिर्चाजर एप मार्फत नै पानी, विजुली, इन्टरनेटको बिल पनि भुक्तान गर्न सकिनेछ । साथै इन्स्योरेन्सको किस्ता तथा होटल बुकिङको सेवा समेत थप गरिएको छ । अधिकांस भुक्तानी सेवामा अतिरिक्त छुटको साथमा क्यास ब्याक समेत उपलब्ध गराइने सरचार्जरले जानकारी दिएको छ ।

‘एप एक सुविधा अनेक’ भन्ने नारालाई केन्द्रमा राखेको मल्टीफंसन अनलाइन सपिंग हब रिचार्जरमा जुनसुकै सेवा तथा उत्पादन सेवाग्राहीले तुरुन्तै पाउने छन् । ‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा २० भन्दा बढी बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL