Logo

आइटी पार्कमा आगामी बर्षदेखि सेक्युरिटी प्रेस संचालनमा, नोट पनि नेपालमै छापिने

आइटी पार्कमा आगामी बर्षदेखि सेक्युरिटी प्रेस संचालनमा, नोट पनि नेपालमै छापिने



काठमाडौं । सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क)मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) संचालनमा ल्याउने बताएका छन् । ‘आइटी पार्कमा आउँदो वर्ष सेक्युरिटी प्रेस राखिन्छ, यो राष्ट्रिय गौरवको योजना हो,’ काभ्रेमा आयोजित एक कार्यक्रममा उनले भने, ‘उक्त प्रेस स्थापना भएसँगै सुरक्षाको दृष्टिकोणबाट पनि हामी धेरै काम गर्न सक्छौं ।’

laxmi

उनका अनुसार उक्त पार्कमा राखिने सेक्युरिटी प्रेसमा पहिलो चरणमा पेपरवेस सेक्युरिट प्रिन्ट गरिने गरिने छ । तर, दोस्रोचरणमा प्रविधि थपगर्दै प्लाष्टिक कार्डवेस प्रिन्टिङ समेत गरिने उनको भनाई थियो ।

सेक्युरिटी प्रेसको निरन्तर क्षमता अभिवृद्धि गर्दै नोट, राहदानी, हुलाक टिकट, तथा डिजिटल कार्डलगायतका सामग्री सोही प्रेसबाट छापिने जानकारी दिए । हाल सुरक्षाका दृष्टिकोणले नोट लगायका महत्वपूर्ण कागजात छपाईका लागि बाहिर लैजानु परेको अवस्थामा उक्त प्रेस संचालनमा आएसँगै सबै नेपालमै हने समेत उनको दावी थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL