Logo

दूरसंचार प्राधिकरणले गर्याे २ सेवाप्रदायकको अनुमतिपत्र खारेज, बक्यौता तिर्न ताकेता

दूरसंचार प्राधिकरणले गर्याे २ सेवाप्रदायकको अनुमतिपत्र खारेज, बक्यौता तिर्न ताकेता



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले २ ओटा सेवाप्रदायकको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले आईटेल कम्युनिकेशन र सेभेन स्टार नेटको अनुमतीपत्र खारेज गरेको हो ।

प्राधिकरणका अनुसार (इ–मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त २ संस्थाहरुले अनुमतिपत्र नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) वमोजिम देहाय बमोजिमको मिति देखि स्वतः खारेज भएको हो ।

यी दुई कम्पनीलाई अनुमती पत्र खारेज गरेसँगै आथिक बर्ष २०७४।७५ को नियमानुसार बुझाउनु पर्ने वित्तीय विवरण र आव २०७४।७५ सम्मको वित्तीय विवरण अनुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष वापतको रकम बुझाउन प्राधिकरणले ताकेता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL