Logo

टेलिकमलाई छुट्टै पूर्वाधार निर्माण कम्पनी स्थापना गर्न मन्त्रीको निर्देशन, अन्य सेवाप्रदायकको पनि लगानी रहने

टेलिकमलाई छुट्टै पूर्वाधार निर्माण कम्पनी स्थापना गर्न मन्त्रीको निर्देशन, अन्य सेवाप्रदायकको पनि लगानी रहने



काठमाडौ । नेपाल टेलिकमले पूर्वाधार निर्माणका लागि छुट्टै कम्पनी स्थापना गर्ने भएको छ ।

संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले नेपालका विकट स्थानमा सेवाको विस्तार गर्न तथा पूर्वाधार सेयर गर्ने उद्देश्यले टेलिकमलाई छुट्टै पूर्वाधार कम्पनी स्थापना गर्न निर्देशन दिएको बताए ।

‘मैले नेपाल टेलिकमका विभिन्न कर्मचारी, उच्च नेतृत्व लगायत सरोकारवालाहरुलाई पुर्वाधार कम्पनी खडा गर्न सुझाव दिएको छु,’ उनले भने, ‘सो सम्बन्धमा मन्त्रालयबाट निर्देशन गइसकेकाले निकट भविष्यमै टेलिकमले पूर्वाधार निर्माण कम्पनी स्थापना गर्ने छ ।’

मन्त्रालयले यस विषयमा पहिले नै कुरा उठाईसकेको भएपनि सोही अनुसार कसलाई यसको जिम्मा दिने भन्ने कुराको यकिन हुन सकेको थिएन । तर, अबका दिनमा नेपाल टेलिकमको नेतृत्वमा अन्य सेवाप्रदायकलाई पनि समावेश गरी पूर्वाधार कम्पनी निर्माण गर्न मन्त्री बास्कोटाले निर्देशन दिएका हुन् ।

मन्त्रालयले नेपाल टेलिकमलाई मात्रै नभएर अन्य सेवाप्रदायकको पनि समावेश गरी पूर्वाधार कम्पनी स्थापना गर्न निर्देशन दिएको हो । टेलिकमको नेतृत्वमा स्थापना गरिने उक्त कम्पनीमा टेलिकमको धेरै सेयर रहनेगरी एनसेल लगायत अन्य सेवाप्रदायकको लगानी रहनेछ । उक्त कम्पनीमार्फत विभिन्न सेवाप्रदायकले प्रयोग गर्ने पुर्वाधार सेयर गरी प्रयोग गर्न सकिने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

‘कुनै कम्पनीले कुनै एक स्थानमा मोबाईल सेवाको लागि टावर स्थापना गर्याे भने अन्य सेवाप्रदायकले पनि सोही टावरको प्रयोग गर्न पाउनेछन,’ उनले भने, ‘एक कम्पनीले स्थापना गरेको फाईबर पनि अन्य सेवाप्रदायकले प्रयोग गर्न सक्ने हिसावले उक्त कम्पनीले पूर्वाधार निर्माण गर्नेछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL