Logo

डिशहोमको नयाँ योजना , ग्राहकलाई ४ सय रुपैयाँमै प्रिमियम एचडी च्यानल

डिशहोमको नयाँ योजना , ग्राहकलाई ४ सय रुपैयाँमै प्रिमियम एचडी च्यानल



काठमाडौं । डिशहोमले अब आफ्ना नयाँ ग्राहकलाई प्रतिमहिना ४ सय रुपैयाँमा सबै प्रकारका च्यानलहरु उपलब्ध गराउने भएको छ ।

नेपालको पेटिभी इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश होमले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागि सबैभन्दा सस्तो मूल्यमा आफ्नो सेवा प्रदान गर्ने भएको हो ।

कम्पनीका विभिन्न प्याकेज अन्तरगत बाबा आमा, गृहिणी र वच्चाहरुका लागी उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २ सय ५० रुपैयाँ, खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३ सय रुपैयाँ, सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एचडी प्याकेज ३ सय ५० रुपैयाँ र सम्पुर्ण एचडी चथा एसडी च्यानलहरु भएको प्रिमिएम एचडी प्याकेज ४ सय रुपैयाँमा प्रति महिनामा उपलब्ध गराउने भएको छ ।

कम्पनीले उक्त नयाँ योजना माघ १ गतेबाट संचालनमा आएका ग्राहकका लागि ल्याएको हो । यो मिति भन्दा अगाडिनै डिशहोम जडान गरेका ग्राहकहरुले भने वार्षिक रिचार्ज गरि माथि उल्लेखित मासिक मुल्यमा यो सेवा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL