Logo

दूरसंचार प्राधिकरणले अघि बढायो तार व्यबस्थापनको काम, परामर्शदाता छनोट

दूरसंचार प्राधिकरणले अघि बढायो तार व्यबस्थापनको काम, परामर्शदाता छनोट



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले छरिएका तारहरु व्यबस्थित गर्ने काम अघि बढाएको छ । उक्त काम सुरु गर्नका लागि विदेशी परामर्शदाता छनोट गरेको प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

चालू आर्थिक बर्षको बजेटमा छरिएका तार ब्यवस्थापन गर्नका लागि मात्रै १ अर्ब रुपैयाँ बजेट छुट्याएको प्राधिकरणले अबको केही महिनामा उक्त काम सुरु गर्ने भएको हो ।

अनका अनुसार नेपाली परामर्शदाताले तार ब्यवस्थापनका लागि कुनै ठोस निश्कर्ष नदिएकाले विदेशी परामर्शदाताद्धारा काम अघि बढाउन लागिएको हो । ‘उक्त तार ब्यवस्थापनका लागि विदेशी परामर्शदाताहरुले अन्तरराष्ट्रिय मापदण्डअनुसारको विधि अनुसार तार व्यबस्थापन गर्नका लागि हामीलाई सल्लाह दिनेछन,’ उनले भने, ‘सोही सल्लाहअनुसार हामीले तार व्यबस्थापन कार्य अगाडी बढाउनेछौं ।’

प्राधिकरणले तार व्यवस्थापनका लागि सर्ट लिष्टमा ४ ओटा कम्पनी राखेको थियो । सोमध्ये केपीएमजी र पीडब्लुसी कम्पनीलाई उक्त जिम्मा दिन लागिएको हो ।

यस्तै दूरसंचार प्राधिकरणले तारको ब्यवस्थापन गर्नका लागि परामर्शदाता कम्पनी नियुक्त गरिसकेको भएपनि नेपाल विद्युत प्राधिकरणले भने यसका लागि बेलाबेलामा ठेक्का तोडदै र दिँदै आएको छ ।

पछिल्लो समय विभिन्न दूरसंचार सेवाप्रदायक कम्पनीका तारले शहर नै अब्यवस्थित गरेको भन्दै विजुलीका तार अन्डरग्राउन्ड गर्नका लागि विभिन्न किसिमका योजनाहरु अगाढी बढाएपनि सोही अनुसार काम भने भइसकेको छैन ।

विद्यूत प्राधिकरणले तारलाई अन्डरग्राउन्ड गर्नका लागि २ ओटा कम्पनीलाई छानेको भएपनि सोही अनुसार बजेट नपुग्दा कम्पनीको टेन्डर रद्द गरेको थियो । उक्त तारलाई अन्डरग्राउन्ड गर्नका लागि भनेर नयाँ टेन्डर आह्वान गर्न लागेको विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL