Logo

सेवा प्रदायकको प्रगती विवरण संकलन गर्दै दूरसंचार प्राधिकरण, अर्थ समितिको बैठक सर्याे

सेवा प्रदायकको प्रगती विवरण संकलन गर्दै दूरसंचार प्राधिकरण, अर्थ समितिको बैठक सर्याे



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विभिन्न दूरसंचार सेवाप्रदायकको प्रगती विवरण संकलन गरिरहेको छ । प्राधिकरणले गत शुक्रबारको बैठकमा प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिको आदेश बमोजिम विभिन्न दूरसंचार सेवाप्रदायकको प्रगती विवरण संकलन गर्न लागेको हो ।

प्राधिकरणलाई अर्थसमितिले सेवाप्रदायकहरुको प्रगती विवरण नल्याएकोमो असन्तुष्टी व्यक्त गर्दै उक्त विवरण ल्याउनका लागि प्राधिकरणलाई आदेश दिएको थियो ।

उक्त बैठकमा सरकारलाई बुझाउनुपर्ने विभिन्न बक्यौता रकम नबुझाएका दूरसंचार सेवाप्रदायकलाई के गर्ने भन्ने विषयमा छलफल गरिएको थियो जसमा समितिका प्रतिनिधिले संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई विभिन्न प्रश्न राखेका थिए ।

शुक्रबार बसेको अर्थसमितिको बैठकमा प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले विभिन्न सेवाप्रदायकले सरकारलाई बुझाउनुपर्ने २ अर्ब ९६ करोड रुपैयाँ बक्यौता नतिरेको मन्त्री बास्कोटा समक्ष राखेका थिए । तर विभिन्न कानुनी जटिलताका कारण तथा अहिलेको परिस्थीतीले सरकारलाई बक्यौता नतिर्ने सेवाप्रदायकलाई केहि गर्न नसक्ने भन्दै बास्कोटाले उक्त बैठकलाई सम्बोधन गरेका थिए । साथै प्राधिकरणले पनि बक्यौता नतिरेका विभिन्न सेवाप्रदायकको सम्पुर्ण प्रगती विवरण पेश नभएको भन्दै विवरण पेश गर्नका लागि भनेर समितिले बैठक ६ गते अर्थात आजका लागि सारेको थियो ।

‘अर्थसमितिले दिएको निर्देशनअनुसार विभिन्न सेवाप्रदायकको विवरणहरु संकलन गर्नका लागि केही समय अझै लाग्ने हुनाले उक्त बैठकको समय सारिएको हो,’ पुरुषोत्तम खनालले भने, ‘धेरै कूराहरु मिलाउन अझै समय लाग्ने भएकाले ३–४ दिन अझै बैठकको समय धकेलिन सक्छ ।’

स्मार्ट टेलिकमले मात्रै प्राधिकरणलाई बुझाउनुपर्ने १ अर्ब ४० करोड रुपैयाँ बुझाईसकेको छैन । कम्पनीले सरकारलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुरवापतको करिव ९ करोड ६ लाख रुपैयाँ र ५० करोड रुपैयाँ नविकरण दस्तुर बुझाएको छैन । यस्तै प्राधिकरलाई पैसा नबुझाउनेमा युनाईटेड टेलिकम, नेपाल स्याटेलाईट टेलिकम लगायत करिव २४ सेवाप्रदायकले प्राधिकरणलाई बक्यौता नतिरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL