Logo

अब विदेशी च्यानलमा विदेशी विज्ञापन नबज्ने, लागु होला क्लिन फिड ? (विधेयकको पुर्ण पाठ सहित)

अब विदेशी च्यानलमा विदेशी विज्ञापन नबज्ने, लागु होला क्लिन फिड ? (विधेयकको पुर्ण पाठ सहित)



काठमाडौं । नेपालमा हाल प्रशारण भईरहेका विदेशी च्यानलमा विदेशी विज्ञापन अबदेखि नबज्ने भएका छन । सरकारले विज्ञापन नियमनसम्बन्धि नयाँ कानुनको मस्यौदा राष्ट्रिय सभामा दर्ता गर्दै क्लिन फिड लागु गर्नका लागि विधेयकमा उल्लेख गरेको हो ।

सरकारले पेश गरेको उक्त विधेयक अनुसार नेपालममा हाल प्रशारण भईरहेका विभिन्न विदेशी च्यानलहरुमा विदेशी विज्ञापनको सट्टा नेपाली विज्ञापन बजाउनुपर्ने उल्लेख छ । उक्त विधेयकमा उल्लेख भएको क्लिन फिड लागु गर्नका लागि सरकारले राजपत्रमा सुचना प्रकाशित गर्ने भएको छ ।

यस्तै सो विधेयकमा नेपाली टेलिभिजनहरुले पनि विदेशी विज्ञापनलाई डविङ गरेर बजाउन नपाईने उल्लेख गरिएको छ । यस्तै स्थानीय तहले आफ्ना क्षेत्रमा विज्ञापन रहित क्षेत्र घोषणा गर्न पाईने कुरा पनि उक्त विधेयकमा उल्लेख छ ।

यस्तै विधेयकमा कसैले कसैको ईमेल वा एसएमएसमार्फत विज्ञापनयुक्त सामग्री पठाउँदा अनुमती लिनुपर्ने पनि उल्लेख गरिएको छ ।

हालसम्म नेपालमा बज्ने विदेशी टेलिभिजनहरुमा विदेशी विज्ञापन नै बज्ने गरेका थिए । उक्त विधेयक पश्चात सरकारले सुचना प्रकाशित गर्दै नेपाली टेलिभिजनमा विदेशी विज्ञापन बज्न रोक लगाउने भएको हो ।

यस्तो छ विधेयकको पुर्ण पाठ । 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL