Logo

नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा ३ जनाको नाम सिफरिस, कसले मार्ला बाजी

नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा ३ जनाको नाम सिफरिस, कसले मार्ला बाजी



काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा ३ जनाको नाम सिफारिस भएको छ । सुचना तथा संचार प्रविधि मन्त्रालयले नेपाल टेलिकममै कार्यरत ३ जनाको नाम प्रबन्ध निर्देशकमा सिफारिस गरेको हो ।

मन्त्रालयले नेपाल टेलिकममै कार्यरत डिल्ली अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सरकारले गठन गरेको छनौट समितिले उक्त ३ जनाको नाम सिफारिस गरेको हो ।

यसअघि गत साउन २९ गतेको मन्त्रीपरिषद बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभन्डारीलाई पदमुक्त गर्ने निर्णय गरेपछि टेलिकम नेतृत्व विहिन रहँदै आएको छ । मन्त्रालयले यसबीचमा सूर्यभक्त पोखरेललाई कायम मुकायमको जिम्मेवारी दिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL