Logo

कार्तिक महिनामै डेढ लाखले किने मोबाइलको सिम, मोबाईल चलाउनेको संख्या ४ करोड पुग्यो

कार्तिक महिनामै डेढ लाखले किने मोबाइलको सिम, मोबाईल चलाउनेको संख्या ४ करोड पुग्यो



काठमाडौं । नेपालमा कार्तिक महिनामै करिव डेढ लाखले मोबाईलको सिम लिएका छन । नेपाल दुरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याँक अनुसार कार्तिक महिनामा मोबाईल प्रयोगकर्ताहरुले विभिन्न दूरसंचार कम्पनीका १ लाख ५४ हजार ७ सय ५४ ओटा सिम लिएका हुन ।

प्राधिकरणको तथ्याँक अनुसार असोज महिनामा ३ करोड ९८ लाख ५६ हजार जना रहेका मोवाईल प्रयोगकर्ता कार्तिकमा ४ लाख ११ हजार पुगेका हुन । यस्तै प्राधिकरणका अनुसार नेपालमा पछिल्लो समय मोवाईल प्रयोगकर्ता नेपाल टेलिकमका २ करोड ८९ लाख रहेका छन भने एनसेलका जम्मा १ करोड ६३ लाख प्रयोगकर्ता छन । यस्तै १९ लाख जना प्रयोगकर्ताले स्मार्टसेलको भ्वाईस सेवा प्रयोग गर्ने गरेको देखिएको छ ।

पछिल्लो समय भ्वाईस सेवामा १ सय ३३ दशमलव ६८ प्रतिशत मोबाईल सेवाले ओगटेको छ भने जम्मा २ दशमलव ९१ प्रतिशत फिक्स्ड भ्वाईस सेवाले ओगटेको पाईन्छ ।

यस्तै ब्रोडब्याण्ड सेवामा पनि मोवाईल ब्रोडब्याण्डले नै बढी हिस्सा ओगटेको देखिएको छ । ब्रोडब्याण्ड सेवामा मोबाईल ब्रोडब्याण्डको ४३ दशमलव ३९ प्रतिशत, फिक्स्ड ब्रोडब्याण्डको कुल १२ प्रतिशत हिस्सा ओगटेको देखिएको छ । त्यसमा पनि वाईर्ड भन्दा वाएरलेस ब्रोडब्याण्डको हिस्सा धेरै कम रहेको देखिन्छ जसको हिस्सा जम्मा १ प्रतिशत मात्रै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL