Logo

११ दिने एआई पाठशाला सुरु, आर्टिफिसियल ईन्टेलिजेन्सको जानकारी

११ दिने एआई पाठशाला सुरु, आर्टिफिसियल ईन्टेलिजेन्सको जानकारी



काठमाडौं । नेपालमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सुरु भएको छ । नेपाल अप्लाईड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च, (नामी) को आयोजनामा उक्त पाठशाला काठमाडौंमा सुरु भएको हो ।

नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वे लगायतका देशहरुबाट आएका १ सय २० जना प्रशिक्षार्थीहरुले उक्त पाठशालामा सहभागिता जनाईरहेका छन । पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोग, उपादयता र आवश्यकताको सन्दर्भमा आवश्यक, तालिम, परामर्श र अनुसन्धान गरिने वताईएको छ । उक्त ११ दिने पाठशालामा २२ जना विदेशी, ७० जना काठमाडौं उपत्यका, १७ जना काठमाडौं उपत्यका बाहिरका र २० जना व्यावसायिक क्षेत्रका ब्यक्तित्वहरु सहभागि रहेका छन् ।

पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) लाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने ? तथा नेपालले झेलिरहेका आर्थिक, शैक्षिक, ब्यवस्थापकिय, स्वास्थ्य लगायतका समस्या

हरुको समाधानमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने आयोजकले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा सहभागिहरुलाई तालिम र परामर्र्श दिन आएका नामीका सदस्य तथा बेलायतमा रहेको योर्क विश्वविद्यालय अन्तर्गत कम्यूटर विज्ञान विभागका प्राध्यापक सुरेश मानन्धर नेपालमा एआई सम्वन्धि प्रभाकारी शिक्षणको सुरुवात नै हुन नसकेको बताउँछन ।
मानन्धरका अनुसार यो पाठशालाले एआईको सम्वन्धमा विद्यमान भ्रम निवारण तथा यसको उपादयताको बढोत्तरी र एआई पढाउने शैक्षिक संस्थाहरुको स्तर उन्नतीमा सहयोग पु¥याउनेछ ।

नामीका अर्का सदस्य तथा ईम्पेरियल कलेज लण्डनमा पोष्ट डक्टरल अनुशन्धानकर्ताको रुपमा कार्यरत डा.विनोद भट्टराईका अनुसार पाठशालाको आयोजना गर्नुको पछाडि नेपालमा ‘अनुशन्धान सँस्कारलाई सहयोग पु¥याउनु हो ।’ भट्टराई, नेपालका लागि कस्तो प्रविधि आवश्यकता हुन्छ भन्ने कुरा नेपालले नै तय गर्न सक्नु पर्ने बताउँछन । नेपालको कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक प्रविधिका लागि आज पनि बाहिरी देशसँग निर्भर हुनु परिरहेको भट्टराईको भनाई छ । भट्टराई ‘जबसम्म अनुशन्धान गर्ने सँस्कार र वातावरण निर्माण गरिदैन तबसम्म प्रविधिको क्षेत्रमा प्रगति नहुने’ दावी गर्छन ।

नेपालबाट विश्वका विभिन्न विश्वाविद्यालय र अनुशन्धान केन्द्रहरु पुगेर उक्त विश्वविद्यालयहरुमा कम्यूटर विज्ञान र एआईको क्षेत्रमा कार्य गरेका तथा नेपालमा पनि सुचना प्रविधि क्षेत्रमै कार्य गरेका प्राध्यापक, अनशन्धानकर्ता र बैज्ञानिकहरु मिलेर स्थापना गरिएको नामीको अवधारणा सन् २०१५ बाट नै अगाडि बढेको हो । नेपालमा सन् २०१८ मा कानुनी प्रकृया पुरा गरी गैर नाफामुलक संस्थाको रुपमा स्थापित नामीले नेपालको शैक्षिक, औद्योगिक, ब्यवस्थापकीय र स्वास्थ्य क्षेत्रसँग मिलेर उक्त विषयगत क्षेत्रहरुको विकासका लागि एआई सम्वद्ध अध्ययन
प्रथम नेपाल एआई पाठशालाका लागि सहभागिहरु छनौट गर्न अनलाईन मार्फत विश्वब्यापी आवेदन माग गरिएको थियो भने नेपालका कलेजहरुमा विभिन्न माध्यम मार्फत सुचना सम्प्रेशण गरिएको थियो । विभिन्न मापन विधि मार्फत १ सय २० जना सहभागिहरुको छनौट गरिएको पाठशालामा काठमाण्डौं उपत्यकाभन्दा बाहिरका सहभागिहरुका लागि आवासिय ब्यवस्था गरिएको छ । एनसेलको प्रायोजनमा काठमाडौं नयाँ बजार, खुशीबँुमा रहेको प्राईम कलेजमा सञ्चालन भइरहेको पाठशाला यही डिसेम्वर २० तारिखदेखि ११ दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL