Logo

पुष १५ देखि ईन्टरनेटको शुल्क बढ्ने, आईस्पानले बुझायो सरकारलाई पत्र

पुष १५ देखि ईन्टरनेटको शुल्क बढ्ने, आईस्पानले बुझायो सरकारलाई पत्र



काठमाडौं । पुष १५ गतेदेखि ईन्टरनेटको शुल्क बढ्ने भएको छ । नेपाल इन्टरनेट सेवाप्रदायक संघ ‘आईस्पान’ले सरकारले लागु गरेको अतिरिक्त कर अन्तरगतको १३ प्रतिशत सेवा शुल्क सेवाग्राहीबाटै उठाउनुपर्ने नियम भएकाले पुष १३ गतेदेखि उक्त नियम लागु गर्ने भएको हो ।
सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत ईन्टरनेट सेवाप्रदायकलाई १३ प्रतिशत सेवा शुल्क लागु गर्ने निति ल्याएको थियो । त्यहीअनुरुप इन्टरनेट सेवाग्राहीलाई १३ प्रतिशत अतिरिक्त सेवा शुल्क लाग्ने भएपछि सरकारको आलोचना आएपछि उक्त सेवा शुल्क सरकारले कटौती गर्ने र केहि नितिगत सहयोग गर्ने भन्दै सेवाप्रदायकलाई ईन्टरनेटको सेवा शुल्क यथावत राख्न आह्वान गरेको थियो ।

तर उक्त निति परिमार्जन गर्ने भनेको ५ महिना वितिसक्दापनि सोहि अनुरुप काम नभएको र नेपाल विद्युत प्राधिकरणले पनि आफ्नो पुर्वाधार प्रयोग गरेको भन्दै ५ प्रतिशतभन्दा बढी भाडा वृद्धि गरेको आईस्पानले जानकारी दिएको छ ।

संघले संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई पत्र लेख्दै यसै विषयमा नितिगत सहयोग गर्नका लागि नेपाल दुरसंचार प्राधिकरणले कुनै चासो नदेखाएको बताएको छ ।

उक्त चिठिमार्फत संघले आफुमाथी आर्थिक भार परेको भन्दै नेपाल विद्युत प्राधिकरण र सरकारले नै सहयोग नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL