Logo

भायानेटले नेपालभर “अल्ट्रा–ब्रोडब्याण्ड इन्टरनेट” फाइबर नेटवर्क निर्माण गर्दै, यस्ता छन विशेषता

भायानेटले नेपालभर “अल्ट्रा–ब्रोडब्याण्ड इन्टरनेट” फाइबर नेटवर्क निर्माण गर्दै, यस्ता छन विशेषता



काठमाडौं । इन्टरनेट, टिभी सेवा प्रदायक भायानेट कम्युनिकेसनले नेपालभर अल्ट्रा–ब्रोडब्याण्डको माध्यमबाट फाइबर–टू–द–होम (एफटिटिएच) जडान गर्ने भएको छ ।

कम्पनीले नोकियासँग साझेदारीको घोषणा गरेसँगै २०१९ सम्ममा नेपालभर फैलिएका आफ्ना २ लाखभन्दा भन्दा बढी ग्राहकहरुका लागि उक्त सेवा जडान गर्ने भएको हो ।

कम्पनीले ल्याउन लागेको उक्त अल्ट्रा ब्रोडब्यान्डले हरेक उपभोक्तालाई १ सय एमबिपिएस भन्दा बढीको स्पिड प्रदान गर्दछ ।
यस साझेदारी मार्फत प्रति उपभोक्ताका लागि २ दशमलव ५ जिबिपिएस सम्मको नेटवर्क निमार्ण गर्न सकिने भायनेटले जानकारी दिएको छ ।
उक्त नेटवर्क मार्फत ग्राहकहरुले इन्टरनेटको बढ्दो माग भएको एप्लिकेसन जस्तै अल्ट्रा–हाई डेफिनेसन भिडियो, अनलाइन भिडियो स्ट्रिमिङ्ग, भर्चुअल रियालिटी र इन्टरनेट योग्य विभिन्न डिभाइसहरु सहजरुपमा र बिना रुकावट प्रयोग गर्न सक्नेछन् ।

नोकियाले आफ्नो नयाँ अप्टिकल नेटवर्क टर्मिनल डिभाइस अर्थात वाईफाई राउटर र अप्टिकल लाइन टर्मिनल डिभाइस भायानेटलाई प्रदान गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL