Logo

एक हप्ताभित्र फोरजीको टेन्डर टुङ्गो लगाईँदै, जेडटीई र सिसिएसआईले पाउने पक्का

एक हप्ताभित्र फोरजीको टेन्डर टुङ्गो लगाईँदै, जेडटीई र सिसिएसआईले पाउने पक्का



काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको फोरजी विस्तार टेन्डर प्रक्रियाले निकास पाउने भएको छ । संचार तथा सुचना प्रविधि मन्त्रालयले करिव १ हप्ताभित्र उक्त टेन्डर प्रक्रिया अघि बढाउने बिषयमा टुङ्गो लगाएको हो ।

मन्त्रालयले विभिन्न छलफलहरु तथा सर्त अनुसार उक्त टेन्डर चिनियाँ कम्पनी जेडटीई र चाइना कम्युनिकेसन्स सर्भिस कर्पाेरेसन (सिसिएसआई)लाई दिने तयारी गरेको छ ।

आह्वान गरेको करिव १ बर्षपछि टुङ्गो लाग्ने भनिएको उक्त टेन्डरमा ४ कम्पनीले आवेदन दिएका थिए । जसमध्ये सबैभन्दा कम लागतमा टेण्डर विड गरेका जेडटीई र सिसिएसआईले उक्त टेन्डर पाउने भएका हुन ।

नेपालका विभिन्न सेवा प्रदायकलाई यसअघि संचारका उपकरण बेच्दै आएको जेडटिईले फोरजी विस्तारका लागि १५ दशमलव ५६ मिलियन डलर अर्थात करिव १ अर्ब ६८ करोड रुपैयाँको लागत अनुमान टेण्डर विड गरेपछि फोरजी सेवा विस्तार गर्नका लागि अप्टिकल फाईबर विछ्याउने कामको जिम्मा पाउने पक्का भएको हो ।

यस्तै सोही परियोजनाका लागि आवेदन दिएका मोविनियर र हुवावेले क्रमशः २१ मिलियन डलर अर्थात २ अर्ब ३५ करोड र ३८ मिलियन डलर अर्थात ४ अर्ब २६ करोड रुपैयाँ लागत अनुमान टेण्डर विड गरेका थिए । जसमध्ये कम लागतमा टेण्डर हालेको हुवावेले पाउने पक्का भएको छ ।

सरकारले कम लगानीमा परियोजना पुरा गर्ने कम्पनीलाई टेन्डर दिने भएकाले उक्त टेन्डर जेडटिईलाई दिने पक्का भएको हो । जेडटीईले यो टेन्डर पाएसँगै नेपालभर फोरजी विस्तारका लागि अप्टिकल कोर विछ्याउने काम गर्नेछ ।

यस्तै दोस्रो खण्डमा विभिन्न उपकरणहरुको निर्माण तथा भौतिक संरचनाहरु निर्माण गर्नका लागि आह्वान गरिएको टेन्डरमा भने जेडटिई पछि परेको छ । जेडटीई र सिसिएसआईले आवेदन दिएको उक्त टेन्डरमा पहिलो र दोस्रो खण्डको टेन्डर सिसिएसआईले नै हात पार्ने भएको छ ।

उक्त टेन्डर हात पारेपछि सिसिएसआईले नेपालभरका विभिन्न स्थानहरुमा टावर निर्माण गर्ने, रेसेईभर, ट्रान्समिटर जडान गर्ने बिटिएस राख्ने लगायतका कामहरु गर्नेछ । कम्पनीले पहिलो चरणमा मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल र दोस्रो चरणमा बाँकी ३ विकासक्षेत्रमा उक्त कार्य अगाढी बढाउने भएको छ । कम्पनीले पहिलो चरणको टेन्डरमा ९ अर्ब ४२ करोड रुपैयाँ र दोस्रो चरणको टेन्डरमा ९ अर्ब १९ करोड लगानी अनुमान गरेको छ । जसमा जेडटीईले पहिलो चरण र दोस्रो चरणको टेण्डरका लागि क्रमशः ११ अर्ब १० करोड र ९ अर्ब ८७ करोड रुपैयाँ लागत अनुमान लगाएको छ ।

टेलिकमले २ बर्ष अघि नै पहिलोपटक काठमाडौं र पोखरामा उक्त फोरजी सेवा संचालनमा ल्याएको थियो । साथैे गत बर्षको कार्तिक ६ गते नेपालभर उक्त फोरजी–एलटिई सेवा विस्तारका लागि आह्वान गरेको थियो । तर टेन्डर आह्वान गरेको केहि महिनापछि अख्तियारमा उजुरी परेर उक्त टेन्डरको फाईल अख्तियारले फाईल १० महिना रोकिदिँदा यसको टेन्डर प्रक्रिया रोकिएको थियो ।

तर १ महिना अघि मात्रै फोरजी विस्तारको जिम्मा संचार तथा सुचना प्रविधि मन्त्रालयलाई नै दिने गरी उक्त फाईल मन्त्रालयको जिम्मामा छोडेपछी मन्त्री गोकुल बास्कोटाले यसको काम अघि बढाएका हुन । उनि हाल विभिन्न छलफलका कामहरु अगाडी बढाउँदै फोरजी विस्तारको टेन्डर टुङ्गो लगाउन लागि परेका छन ।

नेपाल टेलिकम भन्दा पछि फोरजी सेवा संचालन गरेको एनसेलले नेपालका करिव १० शहरमा यसको विस्तार गर्दै साढे १२ लाख प्रयोगकर्ता पुर्याईसकेको छ । तर नेपाल टेलिकमको उक्त सेवा भने काठमाडौं र पोखरामा सिमित भएको छ । साथै हाल नेपाल टेलिकमको फोरजी चलाउनेको संख्या जम्मा ६ लाख ५२ हजार रहेको छ ।

यस्तै टेलिकमले फोरजी–एलटीई सेवा नेपालभर संचालनमा ल्याएसँगै उक्त सेवाले करिव ६५ लाख प्रयोगकर्तालाई धान्नेछ । हाल विस्तार गर्न लागिएको फोरजी सेवामा नै फईभ जी लाई पनि धान्न सक्ने क्षमता भएकाले सोही सेवा बाट फाईभ जी सेवा पनि विस्तार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL