Logo

टेलिकमको सेवामा समस्या, किन भईरहन्छ टेलिकमको सर्भरमा बारम्बार गडबढी ?

टेलिकमको सेवामा समस्या, किन भईरहन्छ टेलिकमको सर्भरमा बारम्बार गडबढी ?



काठमाडौं । पछिल्लो समय पटक पटक नेपाल टेलिकमको सेवामा समस्या देखिएको छ । आईतबार टेलिकमको भ्वाईस तथा डाटा सेवामा समस्या देखिएको हो ।

टेलिकमको सेवामा फोन नलाग्ने, लागे पनि राम्रो नसुनिने, र नो नेटवर्कको सिग्नल देखाउने समस्या देखिएको हो । तर, यस विषयमा टेलिकमका कर्मचारीहरुसँग बुझ्न खोज्दा सर्भरमा समस्या आएकाले समस्या चाँडै समाधान हुने टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।
उनले समस्या आएको बेलादेखि नै आईटिमा सम्पर्क गरेर उक्त समस्या समाधान गर्नतिर लागेका जानकारी दिएका छन ।

‘आईटीको सर्भरमा कुनै गडबडी आएजस्तो लागेर आईटिमा सम्पर्क गरेका छौँ,’ उनले भने, ‘केहि समयभित्र उक्त समस्या समाधान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL