Logo

नासाको ‘इनसाईट ल्यान्डर’ मंगलग्रहमा अवतरण, सुर्यको किरणबाट उर्जा लिन सुरु

नासाको ‘इनसाईट ल्यान्डर’ मंगलग्रहमा अवतरण, सुर्यको किरणबाट उर्जा लिन सुरु



काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)को एक अन्तरिक्ष यान मंगलग्रहमा अवतरण गरेको छ । इनसाईट ल्यान्डर नाम दिईएको उक्त यानले नेपाली समय अनुसार विहान करिव २ः१५ मा मंगल ग्रहमा अवतरण गरेको हो ।

मंगल ग्रहको भित्री तहको अध्ययन गर्नका लागि पठाइएको उक्त यानले मंगल ग्रहको ५ मिटर तलसम्मको तथ्याङ्क पृथ्वीमा पठाउने नासाले आफ्नो आधिकारिक ट्वीटरमार्फत जानकारी दिएको छ ।

नासाका अनुसार पौने २ बजे मंगल ग्रहमा ल्यान्ड गरेको उक्त यानमा करिव ७ फिट ठुला सोलारका प्यानल जोडिएको छ जसले सुर्यको किरणमार्फत उर्जा उत्पादन गर्ने छ ।

यस्तै नासाका अनुसार हाल उक्त यानले सुर्यको किरणबाट उर्जा उत्पादन गर्दै पृथ्वीमा केही तस्विर पठाउन थालिसकेको छ । मंगल ग्रह सुर्यबाट टाढा भएकाले पृथ्वीमा जस्तो सुर्यका किरणहरु त्यती चम्किला हुँदैनन तर उक्त यानले १ दिनमा मंगलग्रहमा सुर्यको किरणबाट २ सय देखि ३ सय वाटसम्म विद्युत उत्पादन गर्नेछ जसबाट उक्त यानले पृथ्वीमा सजिलै तथ्याङ्कहरु पठाउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL