Logo

हुवावे मेट ट्वान्टी प्रो नेपाली बजारमा, मूल्य १ लाख २९ हजार ९ सय

हुवावे मेट ट्वान्टी प्रो नेपाली बजारमा, मूल्य १ लाख २९ हजार ९ सय



काठमाडौं । मोबाईल ब्रान्ड हुवावेले आफ्नो नयाँ फोन हुवावे मेट ट्वान्टी प्रो नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ तथा कम्पनीकै सर्वाेत्कृष्ट फोन नेपाल भित्र्याएको हो ।

कम्पनीका अनुसार गत महिनामात्रै अन्तरराष्ट्रिय बजारमा सार्वजनिक गरिएको उक्त फोन नेपालमा भने बुधबारदेखि ब्यबसायिक रुपमा भित्रिएको हो ।

लाईका अल्ट्रा वाईड एंगल सहितको ४० मेगापिक्सेलको क्यामेरा रहेको उक्त फोनमा एआई प्रविधि जडान गरिएको छ ।

साथै फोनमा ईनस्क्रिन फिङगरप्रीन्ट, ४ हजार एमएएचको ब्याट्री तथा ३ ओटा क्यामेरा जडान गरिएको छ । कम्पनीको उक्त फोनले १५ वाट र ४० वाटको वायरलेस चार्जरलाई सपोर्ट गर्ने कम्पनीले जानकारी दिएको छ ।

६ दशमलव ३९ इन्चको डिस्प्ले रहेको उक्त मोवाईल किरिन ९८० युक्त फोन हो । कम्पनीले नेपालमा यसको बजारमूल्य १ लाख २९ हजार ९ सय तोकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL