Logo

नेपालमै पहिलोपटक ह्याकर सम्मेलन हुने, आकर्षणमा लाइभ ह्याकिङ

नेपालमै पहिलोपटक ह्याकर सम्मेलन हुने, आकर्षणमा लाइभ ह्याकिङ



काठमाडौं । नेपालमै पहिलो पटक साईबर सुरक्षा, ह्याकर सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुने भएको छ ।

नोभेम्वर २२ २३ मंसिर ६ र ७ गते विश्वमै प्रसिद्ध ब्ल्याकट ह्याट र डीइएफ कोनको नेपालको समकालीन सम्मेलन हुने भएको हो ।
सम्मेलन सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक संस्था एसआइसीटी नेपाल र साइबर सुरक्षामा काम गर्दै आएको थे्रट निक्सले आयोजना गर्न लागेको हो ।

पछिल्लो समय व्यक्तिगत तथा पब्लिक डोमेन, ठूला किसिमका फाइनान्सियल अट्याक जस्ता साइबर सुरक्षाका चुनौती नेपालले भोग्नुपरेको छ । साइबर हमलामा संलग्न व्यक्तिका लागि नेपाल केन्द्रमा परिसकेको छ । साइबर हमलाका तरिका झन् आधुनिक र व्यवस्थित बन्दै गइरहेपनि नेपालले सुरक्षाको लागि त्यो किसिमको तयारी गर्न सकेको छैन । यसका लागि साइबर सुरक्षाको विकास र दक्ष व्यावसायिक जनशक्ति आवश्यक पर्छ । साइबर सुरक्षाको परम्परागत मान्यतालाई विस्थापित गर्दै यसमा व्यापक परिवर्तनको उद्देश्यसहित थे्रट कोन आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा नेपालले अभ्यास गर्दै आइरहेको साइबर सुरक्षाको अवस्था र त्यसलाई सुधार गर्न सक्ने विषयमा छलफल हुनेछ ।

सम्मेलनमा साइबर सुरक्षामा विश्वव्यापी रुपमै चर्चित अभ्यासकर्ता, निर्माताको सहभागिता रहनेछ । सरकारी निकायलाई साईबर सुरक्षाको बारेमा जानकारी लिन यो उपयोगी साबित हुनेछ । नेपालको साइबर सुरक्षामा क्रियाशिल व्यक्ति तथा संस्थाको विकास नै यो सम्मेलनको मुख्य उद्देश्य हो ।

सम्मेलनमा विश्व प्रसिद्ध ह्याकर म्याट सुसि प्रमुख वक्ताको रुपमा रहनेछन । यसबाहेक साइबर सुरक्षासँग सम्बन्धित अन्र्तक्रिया र प्रस्तुतिसमेत रहने छ । सम्मेलनको आकर्षणको रुपमा लाइभ ह्याकिङ समेत रहनेछ । अमेरिका, रसिया, रोमानिया, भारत, जर्मनी, दुबईबाट विज्ञहरुको सहभागिता रहने सम्मेलनमा गुगल, क्यास्परस्की, बिटडिफेन्डरजस्ता संस्थाका प्रतिनिधिको सहभागिता र प्रस्तुति दिनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL