Logo

इन्टरनेटको गुणस्तरमा स्मार्ट सेल उत्कृष्ट, मोबाईल सेवामा टेलिकम

इन्टरनेटको गुणस्तरमा स्मार्ट सेल उत्कृष्ट, मोबाईल सेवामा टेलिकम



काठमाडौं । सरकारी स्वामित्वको दूरसंचार सेवा प्रदायक संस्था नेपाल टेलिकम र निजी कम्पनी अर्थात नेपालको दोस्रो ठुलो दूरसंचार सेवाप्रदायकलाई स्मार्ट सेलले उछिनेको छ ।

नेपाल दूरसंचार प्राधिकरणले हालै गरेको एक अध्ययन अनुसार ईन्टरनेट गुणस्तरका विभिन्न पक्षमा एनसेल र टेलिकमभन्दा स्मार्टसेल अगाडी भएको देखिएको छ ।

प्राधिकरणले गरेको अध्ययन अनुसार डाटा पींग हुन लाग्ने (डाटालाई लक्षित स्थानसम्म पुग्ने र सोको जानकारी प्रयोगकर्तासम्म आईपुग्ने) समयमा नेपाल टेलिकम एनसेलभन्दा अघि देखिएपनि अन्य विशेषतामा भने नेपाल टेलिकम पछाडी देखिन्छ । तर उक्त विशेषतामा स्मार्टसेल मध्य अर्थात एनसेलभन्दा अगाडी र टेलिकमभन्दा पछाडी देखिएको छ ।

यसका लागि प्राधिकरणले तोकेको न्युनतम स्तर २ सय ५० मिलिसेकेन्ड वा सो भन्दा कम हो तर एनसेलको पींग हुन लाग्ने समय १ सय ८० मिलिसेकेन्ड र नेपाल टेलिकमको १ सय ४० मिलिसेकेन्ड रहेको छ तर यो विशेषतामा भने स्मार्टसेलले एनसेललाई उछिनेको देखिन्छ । स्मार्टसेलको ईन्टरनेट पींग हुन लाग्ने समय जम्मा १ सय ५० मिलिसेकेन्ड रहेको छ जुन एनसेलको भन्दा ३० मिलिसेकेन्डले कम हो ।

यस्तै वेबपेज लोड हुन लाग्ने समयमा भने टेलिकम भन्दा एनसेल अगाडी रहेको पाईएको छ । प्राधिकरणले स्मार्ट टेलिकम, नेपाल टेलिकम तथा एनसेलमा पटकपटक विभिन्न वेबपेजहरु खोलेर हेर्दा नेपाल टेलिमको ईन्टरनेट सेवामा वेबपेज लोड हुन लाग्ने समय १६ दशमलव ८९ सेकेन्ड छ भने एनसेलको जम्मा ७ दशमलव ३६ सेकेन्ड रहेको छ ।

यस्तै टेलिकम एनसेलभन्दा फाईल डाउनलोड हुन लाग्ने सफलताको दरमा पनि पछाडी परेको देखिएको छ । प्राधिकरण उक्त विशेषतामा ८० प्रतिशत वा सो भन्दा बढीको सिमा राखेपनि एनसेलले ९७ दशमलव ६२ प्रतिशत पुर्याउँदा नेपाल टेलिकमको भने जम्मा ८३ दशमलव ३३ प्रतिशत रहेको छ । यस विशेषतामा स्मार्टसेलले भने शतप्रतिशत नतिजा पाएको प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै कुनै पनि फाईल अपलोड हुने सफलताको दरमा भने नेपाल टेलिकमले प्राधिकरणको न्युनतम स्तरसम्म पनि पुर्याउन नसकेको देखिएको छ । प्राधिकरणले सो विशेषताका लागि ७५ प्रतिशत वा सो भन्दा बढी तोकेकोमा नेपाल टेलिकमले जम्मा ३९ दशमलव १३ प्रतिशत पाएको हो । तर एनसेल र स्माटसेलले भने सो विशेषतामा ९७ दशमलव ५६ र ९८ दशमलव ३९ प्रतिशत पाएका छन ।

यस्तै मोबाईल सेवामा भने नेपाल टेलिकमले  एनसेल र स्मार्टसेललाई पछि पारेको छ । प्राधिकरणले विभिन्न विशेषतामा गरेको ३ वटै कम्पनीको मोबाईल सेवाको गुणस्तरमा नेपाल टेलिकम अन्य २ सेवा प्रदायकको तुलनामा अगाडी देखिएको हो ।

प्राधिकरणले उक्त दूरसंचार सेवा प्रदायक कम्पनीहरुको गुणस्तरियता मापनका लागि गत असोज ११ गतेदेखि असोज २५ गतेसम्म परिक्षण गरेको थियो । प्राधिकरणले उक्त दिनहरुमा विहान र बेलुका नेटवर्क व्यस्त रहने समयमा सोको परिक्षण काठमाडौंको रिङरोडभित्रका विभिन्न स्थानमा गरको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL