Logo

स्याङ्जाको लल्याङमा टेलिकमको सेवा विस्तार, ५० घरधुरी लाभान्वित

स्याङ्जाको लल्याङमा टेलिकमको सेवा विस्तार, ५० घरधुरी लाभान्वित



काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवा स्याङ्जाको लल्याङमा विस्तार गरेको छ । कम्पनीले दूरसञ्चार कार्यालय गल्याङको सहयोगमा लल्याङमा पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको हो ।

सेवा विस्तार पश्चात लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन तथा एडिएसएल सेवाको उपभोगबाट लाभान्वित हुन सक्ने नेपाल टेलिकम गल्याङ्का कार्यालय प्रमुख राम राज उपाध्यायले जानकारी दिए ।

गल्याङस्थित नेपाल टेलिकमबाट मात्र करिब २ किलोमिटरको दुरीमा रहेको लल्याङमा करिब पाँच वर्ष अघिदेखि उक्त सेवा विस्तारको प्रयास गरिएको थियो ।

नेपाल टेलिकमको पिएसटिएन (पब्लिक स्विच्ड टेलिफोन नेटवर्क) फिक्स्ड ल्याण्डलाइन हो जस्बाट पाँच एमबीपिएससम्म स्पिड क्षमता भएको ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट सस्तो दरमा चलाउन सकिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL