Logo

पहिलो पटक विराटनगरमा आईसिटी एक्स्पो हुँदै, पुस ६ देखि १० गतेसम्म चल्ने

पहिलो पटक विराटनगरमा आईसिटी एक्स्पो हुँदै, पुस ६ देखि १० गतेसम्म चल्ने



काठमाडौं । विराटनगरमा पहिलोपटक आईसिटी एक्स्पो २०१८ हुने भएको छ । टेक्नोलोजी, इनोभेसन र फ्युचर भन्ने नारा सहित उक्त एक्स्पो आगामी पुस पहिलो साता हुने भएको हो ।

लिभिङ विथ आइसिटीले विराटनगरमा आइसिटी प्रडक्ट, एजुकेशन, सर्भिस र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने हिसाबले आइसिटी एक्स्पोको आयोजना गर्ने जानकारी दिएको छ ।

नेपालमा प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो आइसिटी अवार्डसमेत आयोजना गरिरहेको लिभिङ विथ आइसिटीले स्थानीयस्तरमा प्रविधिको प्रवद्र्धन, सचेतना र इनोभेसनका विविध पक्षलाई समेटेर एक्स्पो आयोजना गर्न लागेको हो ।

प्रदेश नम्बर १ लाई मुख्य आधार बनाएर गर्न लागिएको उक्त प्रदर्शनीमा एक सयभन्दा बढीको स्टल रहने आयोजकले जानकारी दिएको छ ।
विराटनगरस्थित जैन भवनमा पुस ६ देखि १० गतेसम्म आयोजना हुने कार्यक्रममा स्टार्टअप, आइटी उद्यमीहरुको समेत उल्लेख्य सहभागिता रहनेछ । स्मार्ट प्रविधि, ल्यापटप, ग्याजेट्स, इन्टरनेट, सेक्युरिटी प्रडक्टहरुसँगै सफ्टवेयर, एप्लिकेशन र इनोभेसनमा नयाँ प्रविधिको विशेष प्रदर्शनी हुने आयोजकले बताएको छ ।

आयोजकका अनुसार स्थानिय निकायहरुलाइ समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसपहरुसमेत सञ्चालन गरिनेछ । कार्यक्रमका लागि अहिले स्टल तथा स्पोन्सर बुकिङ खुला भएको छ । काठमाण्डांै लगायत प्रदेश १ र २ का २ लाखभन्दा बढि मानिसहरुले उक्त प्रदर्शनीको अवलोकन गर्ने अनुमान आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL