Logo

एलाईड नेट लिंकको अनुमतीपत्र खारेज, रोयल्टी बुझाउन प्राधिकरणको निर्देशन

एलाईड नेट लिंकको अनुमतीपत्र खारेज, रोयल्टी बुझाउन प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले एलाईड नेट लिंक टेक्नोलोजिजको अनुमतीपत्र खारेज गरेको छ ।

प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमतीपत्र प्राधिकरणले भनेबमोजिम नियमानुसार निवेदन पेश नगरेपछि प्राधिकरणले कम्पनीको अनुमतीपत्र खारेज गरेको हो ।

दुरसंचार ऐन २०५३ को दफा २५ वमोजिम उक्त कम्पनीको अनुमतीपत्र स्वतः खारेज भएको हो । प्राधिकरणले बेलाबेलामा अनुमतिपत्र नविकरणका लागि अनुरोध गरेपनि भनेवमोजिम अनुमतीपत्रको नविकरण नगरेकाले अनुमतीपत्र खारेज गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

साथै कम्पनीले आर्थिक बर्ष २०७४–७५ को नियमानुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामिण दूरसंचार विकास कोष वापतको रकम पनि नवुझाएकाले उक्त रकम पनि बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL