Logo

ओप्पोले सार्वजनिक गर्याे स्टारी पर्पल रंगमा एफनाईन, मूल्य साढे ४१ हजार

ओप्पोले सार्वजनिक गर्याे स्टारी पर्पल रंगमा एफनाईन, मूल्य साढे ४१ हजार



काठमाडौं । मोवाईल फोन ब्रान्ड ओप्पोले नेपालमा आफ्नो नयाँ फोन ओप्पो एफनाईन स्टारी पर्पल रंगमा सार्वजनिक गरेको छ ।

कम्पनीले १ महिना अघी मात्रै ओप्पो एफनाईन सिरिजका फोनहरु सार्वजनिक गरेको थियो जसमा ५ मिनेट चार्ज गर्दा २ घण्टाको टकटाईम सुविधा रहेको थियो ।

साथै कम्पनीले ओप्पो एफनाईन सिरिजका रेड र व्लु कलरमा सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार नयाँ स्टारी पर्पल कलरको डिजाइनले प्रयोगकर्तालाई पृथक अनुभव प्रदान गर्नुका साथै प्राविधिक समृद्धि र नवप्रबर्तनात्मक विशेषज्ञताको प्रतिबिम्ब दिने सोचका साथ निर्माण गरिएको हो ।

नेपाली बजारमा ४१ हजार ५ सय ९० रुपैयाँमा पाईने उक्त फोन असोज १६ गते अर्थात आजैदेखि नेपालभरका आफलाईन स्टोर्स मार्फत उपलब्ध हुनेछ ।

फोनमा ३ हजार ५ सय एमएएच ब्याट्री सहितको एफनाइनले सेल्फी फँक्सनका साथै आनन्ददायी अनुभव, फास्ट चार्जिङ र लामो समयसम्म टिक्ने ब्याट्रीको सुविधापनि प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL