Logo

सेवा प्रदायकलाई यौनजन्य सामग्रीको प्रशारणमा रोक लगाउन प्राधिकरणको निर्देशन, नगरे अनुमतिपत्र नै रद्ध गरिने

सेवा प्रदायकलाई यौनजन्य सामग्रीको प्रशारणमा रोक लगाउन प्राधिकरणको निर्देशन, नगरे अनुमतिपत्र नै रद्ध गरिने



काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले यौनजन्य सामग्रीको आदानप्रदान तथा प्रकाशन प्रसारण गर्न बन्द गर्न विभिन्न ईन्टरनेत सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

प्राधिकरणले ईन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्रीकोपहुँचले नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै यस्ता सामग्री पुर्ण रुपमा बन्देज गर्न विभिन्न नेटवर्क सेवा प्रदायक तथा ईन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य सामग्रीहरुको आदान– प्रदान, प्रकाशन र प्रसारणलाई वन्देज लगाएको छ ।

यस्ता सामग्रीले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गर्ने प्राधिकरणको ठहर छ ।

त्यस्तै प्राधिकरणले उक्त निर्देशनको पालना नगरिएको पाईएमा दूरसंचार ऐन, २०५३ बमोजिम जरीवाना को साथै अनुमतिपत्र रद्ध हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL