Logo

ईजी मोबाइलको फेस्टिवल अफर, शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दीमा मोबाइल

ईजी मोबाइलको फेस्टिवल अफर, शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दीमा मोबाइल



काठमाडौं । १ रुपैयाँमा मोबाइल उपलब्ध गराउँदै आएको ईजी मोबाइल केयरले फेस्टिवल अफर ल्याएको छ । कम्पनीले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेस्टिवल अफर सार्वजनिक गरेको हो ।

‘बैंकको क्रेडिट कार्ड देखाउनुस्, शुन्य प्रतिशत ब्याज र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्’ अफर अन्तरर्गत ग्लोबल आइएमइ, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट, मेगा, नबिल, सेन्चुरी, माछापुच्छ«े, प्रभु तथा कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले क्रेडिट कार्ड सो गरेर मोबाईल खरिद गर्न सक्नेछन ।

न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोनहरु किस्ता बन्दीमा बिक्री गर्दै आएको छ । सो अफर अन्तरर्गत ग्राहकले विभिन्न उपहारहरु समेत प्राप्त गर्न सकिने भएको छ ।

अफर अनुसार सुविधा लिनको लागि आफ्नो क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शुन्य ब्याजमा कुनैपनि ब्राण्डको स्मार्टफोन लिन सक्नेछन ।

कम्पनीले विशेषगरि बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई सहज र सुविधाजनक रुपमा मासिक किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने गरि यो योजना ल्याएको कम्पनीका अध्यक्ष संजित पौडेलले बताएका छन ।

‘हामी १ रुपैयाँमा स्मार्टफोन र मासिक किस्ताबन्दीमा स्मार्टफोन दिने नेपालकै पहिलो र एक मात्र कम्पनी हौं, बैंकका क्रेडिट कार्ड होल्डरले सजिलोसँग नै मनपरेको स्मार्टफोन किन्न सक्ने सुविधा दिएका छौं,’ उनले भने ।

कम्पनीले क्रेडिट कार्डसहित नगदमा स्मार्टफोन किन्ने ग्राहकहरुका लागि पनि सुविधा र अफर दिएको छ । ग्राहकले विभिन्न स्मार्टफोनहरुमा न्यूनतम ५ देखी ५० प्रतिशत सम्मको छुट पाउने छन् । साथै कम्पनीले मोबाईल एक्सचेन्ज सुविधा समेत दिईरहेको छ ।

उक्त किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहना अनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीबाट किनेको फोनमा थप १ वर्षको वारेन्टीका साथै अफर अन्तरर्गत ग्राहकको मोबाइल बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने व्यवस्था उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL