Logo

अस्लिल तथा यौनजन्य सामग्रीमा प्रतिबन्ध लगाइँदै, आउला त कार्यान्वयनमा ?

अस्लिल तथा यौनजन्य सामग्रीमा प्रतिबन्ध लगाइँदै, आउला त कार्यान्वयनमा ?



काठमाडौं । नेपालमा अब यौनजन्य सामग्री तथा अस्लिल पोर्नसाईटहरुमाथि रोक लगाइने भएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्ता साईट तटा ईन्टरनेटमार्फत हुने यस किसिमका सामग्रीहरुमाथि बन्देज लगाउन नियामक निकाय दुरसञ्चार प्राधिकरणलाई आदेश दिएको छ ।

मन्त्रालयले ईन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य तथा अस्लिल सामग्रीको आदान प्रदान तथा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै यस्ता मामग्रीमा प्रतिबन्ध लगाउनु आवश्यक रहेको जानकारी दिएको हो ।

यस्तै यस्ता सामग्रीले यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गर्ने पनि मन्त्रालयको ठहर छ ।

साथै मन्त्रालयले यस किसिमका सामग्रीहरु विद्युतीय सञ्चार तथा ईन्टरनेटको माध्यमबाट आदान प्रदान, प्रकाशन र प्रसारण नगर्न दुरसञ्चार सेवा प्रदायक, ईन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल संचालक तथा प्रयोगकर्तालाई पनि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL