Logo

स्मार्टसेलको सिम खरिदमा थप ४० रुपैयाँ मेन व्यालेन्स, २९ रुपैयाँमा ५ सय एमबी डाटा

स्मार्टसेलको सिम खरिदमा थप ४० रुपैयाँ मेन व्यालेन्स, २९ रुपैयाँमा ५ सय एमबी डाटा



काठमाडौं । स्मार्ट सेलले आफ्नो सिमकार्ड खरिदमा थप ४० रुपैयाँ प्रदान गर्ने भएको छ । कम्पनीको सिमकार्ड ९९ रुपैयाँमा खरिद गर्दा थप मेन व्यालेन्स ५० रुपैयाँ सहित अन्य ४० रुपैयाँ पाइने भएको हो ।

कम्पनीको उक्त योजना पश्चात कम्पनीको सिमकार्ड खरिदमा १० मिनेटको टकटाईम, १० ओटा एसएमएस, २ सय एमबी डाटा, ५० रुपैयाँ मेन ब्यालेन्स र अतिरिक्त ४० रुपैयाँ मेन व्यालेन्स प्राप्त गर्न सकिने छ ।

यस्तै कम्पनीले केहिदिन अघि मात्रै ल्याएको ‘ईट्स फ्रिडम’ भन्ने नयाँ योजना अन्तरगत २९ रुपैयाँमा ५ सय एमबी डाटा, ९० पैसा प्रतिमिनेट भ्वाइस, तथा ५० पैसा /एसएमएस (सरकारी कर बाहेक) एवं अझ न्यूनतम शूल्कमा अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधा रहेका छन ।

यस्तै काठमाडौंमा फोरजी को समूह अन्तर्गत कम्पनीले न्यूनतम शुल्कमा विभिन्न फोरजी डाटा प्याकहरु उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL