Logo

रिचार्जरको अफर : मन नपरे सामान फिर्ता

रिचार्जरको अफर : मन नपरे सामान फिर्ता



काठमाडौं । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दे मोबाइलएप रिचार्जरले ‘ट्राई फस्ट बाई लेटर, मन नपरे फिर्ता’ योजना संचालनमा ल्याएको छ ।

रिचार्जरले ल्याएको उक्त अफर अन्तरर्गत ग्राहकहरुले सामान अर्डर गरेर ट्राई गरे पछि मन नपरेको खण्डमा तत्कालै फिर्ता गर्न सक्नेछ । ‘रिचार्जरबाट सामान अर्डर गरे पछि पाएको सामान मन नपरे फिर्ता गर्दा कुनै किसिमको रकम तिर्नु नपर्ने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले बताए ।

पछिल्लो समय अनलाइन तथा विभिन्न एपबाट सामान किन्ने ग्राहकहरुले अर्डर गरे अनुसारको सामान पाउन नसके पछि रिचार्जरले यस्तो योजना सुरु गरेको रिचार्जरका प्रबन्धक दामोदर श्रेष्ठले बताएका छन ।

सामान अर्डर गर्ने ग्राहकले सामान पाएर मन परे पछि मात्र रकम भुक्तानी गर्न समेत श्रेष्ठले आग्रह गर्दै यसमा कुनै अतिरिक्त शुल्क नलाग्ने समेत जानकारी दिएका छन ।

साथै रिचार्जर एपको माध्यमबाट दशैंको बेला हवाई टिकट खरिदमा ५० प्रतिशत क्यास व्याक दिने भएको छ । गुगलप्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेर मोबाइल रिचार्ज गर्दा सतप्रतिशत क्यास व्याक पाइने छ ।

मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंगगर्दा डेढ दर्जन बैंकको इ बैंकिंगका साथै इसेवा जस्ता पेमेण्ट गेटवे र मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिने रिचार्जले जानकारी दिएको छ ।

त्यस्तै होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट लगायत सेवाप्रदायकका बिलहरु समेत तिर्न सकिने तयारी गरिरहेको रिचार्जरले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL