Logo

भीभोले ल्यायो भी ११ प्रो स्मार्ट फोन, यस्ता छन बिशेषता

भीभोले ल्यायो भी ११ प्रो स्मार्ट फोन, यस्ता छन बिशेषता



काठमाडौं । स्मार्टफोन भीभोले नेपाली बजारमा भी ११ प्रो स्र्माट फोन सार्वजनिक गरेको छ ।

भीभोले सार्वजनिक गरेको उक्त फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ प्रविधिको जडान गरिएको छ । साथै उक्त फोनमा १९.५ः९ एस्पेक्ट रेसियो सहितको ६ दशमलब ४१ ईन्चको सूपर एमोलेड हालो फूलभ्यु डिस्प्लेका साथमा ९१ दशमलब २७ प्रतिशतको स्क्रीन टू बडी रेसियो रहेको छ ।

‘ग्राहकको सन्तुष्टिको लागि एआई पावरयूक्त भी ११ प्रो फोन नेपालमा सार्वजनिक गर्न पाउँदा हामी खुसी भएका छौं’, नेपालका ब्राण्ड म्यानेजर पेङदाले भने ।

भीभोभी ११ ले पर्फेकट शटको खोजलाई निरन्तरता दिएको छ भने १२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ड्यूल क्यामेरा जडान गरिएको छ । साथै सेल्फीको लागि उक्त स्मार्ट फोनमा २५ मेगापिक्सेलको प्रन्ट क्यामरा समेत रहेको छ । उक्त फोनमा ० दशमलब ०३ सेकेण्डमा फोकसलाई लक गर्न सक्ने डिएसएलआर गुण्स्तरको ड्यूल पिक्सेल अटोफोकस प्रविधि समेत जडान गरिएको छ ।

स्न्यापड्रागन ६ सय ६० एआईई प्रसेसर प्रयोग गरिएको छ भने फोनको कार्यक्षमतालाई उत्कृष्ट बनाउन ६ जीबी र्यामका साथमा १ सय २८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

एन्ड्रोएड ८ दशमलब १ मा आधारित उक्त फोनको फनटच ओएस ४ दशमलब ५ र भीभोको जोभी एआई इन्जिनले सीपीयू र मेमोरी रिर्सोसलाई पहिचान गर्दछ जस्ले फोनमा एकै पटक कयौं मल्टिपल एप्स प्रयोग गर्न सहयोग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL