Logo

तत्काल प्रबन्ध निर्देशक नियुक्त गर्न मन्त्रीलाई टेलिकम कर्मचारी संघको ध्यानाकर्षण

तत्काल प्रबन्ध निर्देशक नियुक्त गर्न मन्त्रीलाई टेलिकम कर्मचारी संघको ध्यानाकर्षण



काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको लागि मन्त्रीको ध्यानाकर्षण गरिएको छ ।

नेपाल टेलिकमको आधिकारिक ट्रेड युनियन नेपाल दूरसञ्चार कर्मचारी संघले कम्पनीको प्रबन्ध निर्देशक नियुक्ती प्रक्रियामा भइरहेको ढिलाइप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रीको ध्यानाकर्षण गराएको हो ।

उक्त ढिलाइका कारण फोरजी/एलटीई तथा एफटिटिएचलगायतका प्रविधिको उचित विस्तारमा पनि ढिलाई भएको युनियनको भनाई छ ।
चालु आयोजनाहरुको सफलतापूर्वक कार्यान्वयनमार्पmत ग्राहक आधार र आम्दानीका स्रोतहरु बढोत्तरी नभएकोमा पनि युनियनले मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।

उक्त ध्यानाकर्षणमा प्रबन्ध निर्देशकको नियुक्ती ढिलाईले प्रतिस्पर्धी दूरसञ्चार बजारमा सरकारी कम्पनीको अब्बलतामाथि प्रश्नचिन्ह खडा भएको उल्लेख छ ।

यसका साथै युनियनले कम्पनीमा प्रतिस्पर्धी तथा क्षमतावान प्रबन्ध निर्देशक नियुक्ति गर्ने सम्बन्धमा नेपाल सरकार मन्त्रीपरिषदले नै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७३ जारी गरिसकेको भएपनि सोको प्रभावपूर्ण कार्यान्वयनका कारण राज्यको एक नम्बरको संस्थालाई प्रमुख बिहीन बनाइनु गम्भीर विषय भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL