Logo

आज बिहान एकाएक किन अवरुद्ध भयो टेलिकमको सेवा, यस्तो छ कारण

आज बिहान एकाएक किन अवरुद्ध भयो टेलिकमको सेवा, यस्तो छ कारण



काठमाडौं । आज बिहान एकाएक नेपाल टेलिकमको सेवामा समस्या आयो । करिब ६ बजेदेखि आएको उक्त समस्याले नेपाल टेलिकमको टेलिफोन सेवा पुर्ण रुपमा अवरुद्ध भयो ।

उक्त समस्या नेपाल टेलिकमको ट्रान्समिसन उपकरणमा समस्या देखिएर आएको नेपाल टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । उनका अनुसार करिब ६ बजेदेखि प्राविधिक त्रुटीका कारण निम्तिएको उक्त समस्या भने करिब सवा ७ बजेतिर पुर्ण रुपमा हल भईसकेको थियो ।

कम्पनीको ट्रान्समीसन ईक्वीपमेन्टमा समस्या आएर टेलिकमको भ्वाईस सेवामा समस्या आएको उनको भनाई थियो ।

उक्त समस्या भ्वाईस सेवामा मात्र आएको र इन्टरनेट तथा अन्य सेवाहरुमा भने कुनै समस्या नआएको उनको भनाई थियो । उक्त समस्या नेपालभरका प्रायःजसो स्थानमा देखा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL