Logo

ओप्पाको नयाँ मोबाइल ‘ओप्पो एफनाइन’ नेपालमा, बजार मूल्य ४५५९०

ओप्पाको नयाँ मोबाइल ‘ओप्पो एफनाइन’ नेपालमा, बजार मूल्य ४५५९०



काठमाडौं । मोबाईल निर्माता कम्पनी ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘एफनाइन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न तीन रङका मोबाइलहरु नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले नेपाली बजारमा ‘सनराइज रेड’, ‘ट्वाइलाइट ब्ल्यू’ र ‘स्टारी पर्पल’ गरी तीन कलरका स्मार्टफोन उपलब्ध गराएको हो । सो फोनको ६ दशमलव ३ इञ्चको वाटरड्रप स्क्रिन डिजाइन रहेको छ ।

एफनाइनमा २५ मेगापेक्सलको फ्रन्ट क्यामेरा र १६ तथा २ मेगापेक्सलमा ब्याक क्यामेरा छ । चार क्यामेरा रहेको सो फोन ४ जिबी र ६ जिबी गरी दुई भेरियन्टमा उपलब्ध छ । ५ मिनेट चार्ज गर्दा २ घण्टा चल्ने सो फोनमा ३५ सय एमएएच पावरको ब्याट्री रहेको छ ।

मोबाईलको भिओओसीमा तीब्र र सुरक्षित चार्ज सुविधा उपलब्ध गराउन न्यून टेम्प्रेचर र भोल्टेजसहित, चार्जिङ एडेप्टर लगायतका ५ भिन्न सुरक्षा तहको ब्यवस्था गरिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

ओप्पोले नेपाली बजारमा स्टोरेज क्षमता अनुसार २ प्रकारको स्मार्टफोन सार्वजनिक गरेको छ । जसको बजार मूल्य ४१ हजार ५ सय ९० र ४५ हजार ५ सय ९० रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL