Logo

दुरसञ्चार प्राधिकरणको अध्यक्षमा झालगायत ३ जनाको नाम सिफारिस, को बन्लान अध्यक्ष ?

दुरसञ्चार प्राधिकरणको अध्यक्षमा झालगायत ३ जनाको नाम सिफारिस, को बन्लान अध्यक्ष ?



काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि पूर्व अध्यक्ष दिगम्बर झाको नाम सिफारिस भएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा, प्राधिकरणकै बरिष्ठ निर्देशक पुरुषोत्तम खनाल र नेपाल सरकारका पूर्व सचिव सुशील घिमिरेको नाम सिफारिस गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सरकारले हटाएका तत्कालीन अध्यक्ष झालाई पुनः अध्यक्षमा ल्याउन सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले ठुलो प्रयास गरेका थिए । मन्त्री बास्कोटाले दिगम्बर झालाई पुनः अध्यक्षमा ल्याउन मन्त्रीपरिषदमा उनको नाम मात्रै सिफारिस गरेका थिए । उक्त सिफारिसको विरोध आएपछि मन्त्रालयले अध्यक्ष पदका लागि खुल्ला आवेदन खोलेको थियो ।

उक्त आवेदनका लागि प्राधिकरणमा कार्यरत ३ जनालगायत अन्य १२ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका थिए ।
मन्त्रालयले उक्त आवेदन दिएको १ हप्ताभित्रै अध्यक्षको नाम सिफारिस गर्ने जानकारी दिएको थियो । आवेदकहरुले आवेदन दिएको १ हप्तापछि मन्त्रालयले ३ जनाको नाम सिफारिस गरेको हो ।

उक्त सिफरिसमा प्राधिकरणमै कार्यरत २ जना र अन्य १ जनाको नाम सिफारिस भएको छ । नाम सिफरिस भएका ३ जनामध्ये दिगम्बर झा प्राधिकरणका पूर्व अध्यक्ष हुन भने पुरुषोत्तम खनाल प्राधिकरकै बरिष्ठ निर्देशक हुन । साथै सुशील घिमिरे भने नेपाल सरकारका पूर्व सचिव हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL