Logo

फोरजी विस्तारको योजना बुझाउन संचार मन्त्रीलाई निर्देशन, ५ बर्षभित्र फाइभजी

फोरजी विस्तारको योजना बुझाउन संचार मन्त्रीलाई निर्देशन, ५ बर्षभित्र फाइभजी



काठमाडौं । विकास तथा प्रविधि समितिले आगामी १५ दिन भित्र फोरजी कभरेज बढाउन भएका पछिल्ला कामको विवरण बुझाउन संचार तथा सुचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

आज भएको विकास तथा प्रविधि समितिको बैठकमा समितिका अध्यक्ष जीपछिरिङ लामाले नेपाल टेलिकमको फोरजी सेवा विस्तारका लागि हालसम्म भएका कामहरुको विस्कृत जानकारी गराउन सुचना तथा संचार मन्त्री गोकुल बास्कोटालाई निर्देशन दिएका हुन् ।

तर, कार्यक्रममा मन्त्री बास्कोटले भने निजी कम्पनीभन्दा सरकारी कम्पनीको सेवालाई चुस्त दुरुस्त बनाउँदै थप विस्तार गर्न आफु लागि परेको जानकारी गराएका छन् । ‘फोरजी सेवालाई विस्तार गर्दै जाने र आगामी ५ वर्ष भित्र फाईभजी पनि नेपालमा संचालन गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘गुणस्तरको सुधार गर्दै जानेछौं तर आजको भोलीनै काम हुँदैन ।’

टेलिकमको सेवालाई विस्तार गर्दै जाने र आगामी ६ महिना भित्र कम्तीमा पनि ७ सय टावर विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।

मन्त्री बास्कोटाले टेलिकमको सेवा सुस्त हुनु खरिद प्रक्रियामा रहेको कानुनी जटिलता मुख्य समस्या भएको बताएका छन् । निजी कम्पनीले सामान खरिद गर्दा विना टेण्डर आफैं ल्याउने र सरकारी कम्पनीले खरिद प्रकृयाको झण्झड बेहोर्नु परेको उनको भनाई थियो ।

टेलिकमका टावरको सानो सामान मात्रै विग्रयो भने पनि विदेशबाटै ल्याउनु पर्ने बाध्यता भएको जानकारी दिँदै खरिद प्रक्रियामा हुने लामो प्रक्रियाले समेत समयै मर्मत संभार गर्न नसकिएको उनको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL