Logo

टेलिकमले ल्यायो नयाँ ब्राण्डको रिचार्ज कार्ड, पुराना कार्ड विस्थापित

टेलिकमले ल्यायो नयाँ ब्राण्डको रिचार्ज कार्ड, पुराना कार्ड विस्थापित



काठमाडौ । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीहरुका लागि नयाँ ब्राण्डको रिचार्ज कार्ड प्रचलनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने भएको हो ।

कम्पनीले पहिलेदेखि रहिआएको एनटी रिचार्जकार्डको सट्टा अब नयाँ ब्रान्डमा नमस्ते रिचार्ज कार्ड ल्याउन भएको छ ।

कम्पनीका अनुसार बजारमा ५०, १ सय, २ सय, ५ सय तथा १ हजारसम्मका नमस्ते रिचार्जकार्डहरु उपलब्ध हुनेछन ।

यसका साथै उक्त कार्डमार्फत आफ्नो फोनमा कम्पनीका ग्राहकले पुरानै शैलि अपनायर रिचार्ज गर्न सकिने पनि बताएको छ ।

कम्पनीले उपलब्ध गराएको उक्त कार्डको पछिल्लो भागमा रहेको १६ अंकको पिन कोड प्रयोग गरि रिचार्ज गर्नुपर्ने पनि जानकारी दिएको छ । कम्पनीका अनुसार १४१५ तथा १४१२ डायल गरी निर्देशन अनुसार रिचार्ज गर्न सकिने छ । साथै ४१२ पिन कोड डायल गरेर पनि आफ्ना सेवा रिचार्ज गर्न सकिने छ ।

पुराना कार्डहरु बजारमा भएसम्म चल्ने पनि कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL