Logo

भारतले ३ बर्षमा २७ स्याटेलाईट बनाउँदै, नेपालको स्याटेलाईट निर्माण योजना कहाँ पुग्यो ?

भारतले ३ बर्षमा २७ स्याटेलाईट बनाउँदै, नेपालको स्याटेलाईट निर्माण योजना कहाँ पुग्यो ?



काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संघ (आइएसआरओ) ले आगामी ३ बर्षमा २७ ओटा स्याटेलाईट निर्माण गर्ने सम्झौता गरेको छ । अहिलेसम्मकै ठुलो सम्झौता मानिएको उक्त सम्झौता २ ओटा निजी तथा एउटा सरकारी कम्पनीले निर्माण गर्नेगरि सम्झौता भएको हो । हालसम्म भारतमा २ ओटा स्याटेलाईट एसेम्बल गरिएको छ ।

उक्त २ ओटा स्याटेलाईट भने आल्फा डिजाईन टेक्नोलोजीद्धारा निर्माण गरिएका हुन । उक्त सम्झौता अनुसार अल्फा डिजाइन टेक्नोलोजी लगायत अन्य ३ कम्पनीहरुले हरेक बर्ष ३ ओटा स्याटेलाईट निर्माण गर्नेछन ।

३ ओटै कम्पनीले आइएसआरओ सप्लाई चेनको खरिद उपसीस्टमको सहायताबाट स्याटेलाईट निर्माण गर्नेछन । उक्त सम्झौतापत्रमा आइएसआरओको तर्फबाट युआर राओ स्याटेलाईट केन्द्रले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । उक्त स्याटेलाईटहरु मुख्यगरि संचारका लागि प्रयोग गरिनेछन । साथै यी स्याटेलाईटहरुले प्राकृतिक प्रकोप तथा विनासको बारेमा सुचना दिने कामहरु पनि गर्देछन ।

नेपालले भने आफ्नै स्याटेलाईट स्थापनाका लागि पाएको स्थान अझै सदुपयोग गर्न सकेको छैन । तर यसका लागि मोडालिटी बनाउने तरखरमा रहेको नेपाल दुरसंचार प्राधिकरणले जानकारी दिएको छ । उक्त मोडालिटि अन्तरगत विदेशि कम्पनीलाई स्याटेलाईट स्थापनाका लागि प्रस्ताव माग गरिएको थियो जसमा २१ ओटा कम्पनीले प्रस्ताव दिएका थिए ।

प्राधिकरणले सर्भे, डिजाइन, खरिद, स्थापना, सञ्चालन र मर्मतसम्भारलगायतका सबै विषयको जिम्मेवारी लिने गरी आशयपत्र मागेर ती कम्पनीमार्फत परेको आवेदन मूल्यांकन गरिरहेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । यसका साथै उनले उक्त प्रश्तावहरुको मूल्यांकन विभिन्न चरणका चुनावले गर्दा ओझेलमा परेको हुनाले यसका लागि काम अघि नबढेको र अब विभिन्न चरणको चुनाब सकियपछि फेरी यसको लािग छलफल अघि बढाईएको पनि जानकारी दिए ।

‘नेपालको आफ्नै स्याटेलाईट स्थापनामा सरकारनै मुख्य पक्ष भएकाले सरकारले नै ध्यान दिनुपर्ने हो ।,’ उनले भने । नेपालले पनि आफ्नै स्याटेलाईट स्थापना गर्न अहिलेको समयमा लगभग ५० देखि ६० अर्व रुपैया चाहिने बताउँदै प्रवक्ता अर्यालले यसको लागि मन्त्रीपरिषदमै छलफल भइरहेकाले यसको काम छिट्टै अघी बढ्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL