Logo

साउन १ देखि टेलिकमको सेवा शुल्क वृद्धि, यी हुन मूल्य समायोजन भएका सेवाहरु

साउन १ देखि टेलिकमको सेवा शुल्क वृद्धि, यी हुन मूल्य समायोजन भएका सेवाहरु



काठमाडौं । नेपाल टेलिकमले भ्वाइस र डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क बढाउने भएको छ । कम्पनीले नेपाल सरकारले आगामी आर्थिक बर्षको बजेटमा गरेको ब्यवस्था अनुसार साउन १ गतेदेखि आफ्नो सेवामा १३ प्रतिशत सेवा शुल्क जोड्ने भएको हो ।

यसका साथै कम्पनीले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर पनि आगामी साउन १ गते देखि लागू हुने कम्पनीले जानकारी दिएको छ ।

नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याएको घोषणा गरेसंगै कम्पनीको डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको हो । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्र्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्ने भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले पहिले देखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी÷फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक लगायतका प्याकहरु विशेष लोकप्रिय भएकाले पहिलेकै दरमा उपलब्ध गराएको छ ।

साथै अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका प्याकेजहरुमा भने कम्पनीले १३ प्रतिशत सेवा शुल्क जोड्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL