Logo

यस्तो हुनेछ विश्वकै सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री

यस्तो हुनेछ विश्वकै सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री



विश्वकै सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री भारतमा सञ्चालनमा ल्याउने छ । कोरियन मोबाइल निर्माता सामसङले भारतको नोयडामा उक्त फ्याक्ट्री सञ्चालनमा ल्याएको हो ।

भारत भ्रमणमा आएका दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै हप्ता उक्त फ्याक्ट्रीको संयुक्त उद्घाटन गरे ।


सामसङले फ्याक्ट्रीबाट खासगरी सस्ता किसिमका मोबाइल फोन निर्माण गर्ने योजना बनाएको छ । एक सय डलरभन्दा कम मूल्यका मोबाइल यसै फ्याक्ट्रीबाट निर्माण गर्ने कम्पनीको तयारी छ । त्यस्तै फ्ल्यागसिप मोबाइल पनि यसै फ्याक्ट्रबाट निर्माण हुने जनाइएको छ ।

सन् २०२० सम्म हालको फ्याक्ट्रीबाट दोब्बर उत्पादन बढाउने कम्पनीको योजना छ । फ्याक्ट्री पूर्ण रुपमा सञ्चालनमा आएपछि वार्षिक १२ करोड थान मोबाइल निर्माण हुनेछ । हाल ६ वार्षिक ६ करोड ८० लाख मात्र मोबाइल निर्माण हुँदै आएको छ ।

विस्तार पछि ७० हजारले रोजगारी पाउनेछन् । भारतमा लोकप्रिय रहेको सामसङलाई पछिल्लो समय चिनियाँ मोबाइल सायोमी अगाडी आएपछि कम्पनी तिव्र विस्तारमा लागेको हो ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL