Logo

ओप्पोले गर्याे कोरफोटोनिक्ससँग सम्झौता, मोबाईल क्यामेरामा गुणस्तर थप्दै

ओप्पोले गर्याे कोरफोटोनिक्ससँग सम्झौता, मोबाईल क्यामेरामा गुणस्तर थप्दै



काठमाडौं । मोबाईल फोन निर्माता कम्पनी ओप्पोले कोरफोटोनिक्ससंग सम्झौता गरेको छ । कम्पनीले आफ्ना नयाँ पुस्ताका स्मार्टफोन क्यामेराका लागि डुअल क्यामेरा प्रविधिको क्षेत्रमा अग्रणी लाइसेन्सर कोरफोटोनिक्ससंग रणनीतिक लाइसेन्सिंग सम्झौतामा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौता अनुसार कम्पनीले अब स्मार्टफोन क्यामेरा रोडम्याप उच्च अप्टिकल जुम फ्याक्टस लगायत अन्य फोटो सम्बन्धी नयाँ प्रविधिको लागि कोरफोटोनिक्ससंग सहकार्य गर्नेछ ।

कम्पनीका हार्डवेयर डिरेक्टर डा. किंगका अनुसार कोरफोटोनिक्सका वाइड एंगल्ड सहितका डुअल क्यामेरा र टेलिफोटो लेन्सेस, पेरिस्कोप(स्टाइल निर्माण, अप्टिकल इमेज स्टेबलाइजेसन र ईमेज फ्युजन प्रविधिले मोबाईल फोटोग्राफीलाई डिजीटल क्यामराको क्षमताको अझ नजिक पुर्याएको छ ।

कोरफोटोनिक्सका प्रमुख कार्यकारी अधिकृत प्रा.डेभिड मेन्डलोभिकले भने, ‘ओपोसंग नयाँ पुस्ताका क्यामेरा प्रविधिका लागि नजिक भएर सहकार्य गर्न पाउँदा हामी निकै गौरवान्तिव छौँ । मोबाइल फोटोग्राफीमा हाम्रा क्यामेरा डिजाइन र ईमेजिङ अल्गोरिथमको फाइदाका लागि एक सटिक प्रमाणका रुपमा यो रणनीतिक साझेदारीलाई लिन सकिन्छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL