Logo

सञ्चार मन्त्रीको आरोप, अख्तियारले फाइल रोक्दा टेलिकमको फोरजी विस्तारमा ढिलाई

सञ्चार मन्त्रीको आरोप, अख्तियारले फाइल रोक्दा टेलिकमको फोरजी विस्तारमा ढिलाई



काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल रोकिदिँदा नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा ढिलाई भएको बताएका छन् ।

आईतबार राष्ट्रिय सभाको बैंठकमा बोल्दै मन्त्री बास्कोटाले अख्तियारले फाइल रोकेर टेलिकमको फोरजी विस्तार गर्ने कार्यमा अन्योल सिर्जना गरेको उनको आरोप थियो । ‘अख्तियारले फाइल लिएपनि अनुसन्धान गर्दै फोरजी सेवा विस्तार गर्ने कार्यमा रोक लगाउन हुदैनथ्यो,’ उनले भने, ‘विस्तार कार्य गलत छ भने छानविन गर्नु ठिक हो तर फाईल रोकेर काम नै गर्न नदिनु गलत हो ।’

फोरजी विस्तारको क्रममा कोहि दोषी ठहरिए कार्वाही गर्दा हुन्छ, जेल हाल्दा हुन्छ तर कसैले देशभक्तको नाम लिएर अख्तियारमा उजुरी गर्दैमा कामलाई रोक्नु ठिक नभएको उनको तर्क थियो । साथै उनले सिजी र युटिएलले टेलिकमलाई तिर्नुपर्ने अन्तर आवद्धता शुल्क लिएरै छाडने प्रतिवद्धता समेत जनाए ।

यसैगरी नेपाल टेलिकम तथा सरकारलाई तिर्नुपर्न रकम नतिरेको खण्डमा जसरी पनि रकम तिराएरै छाडने उनको दावी थियो । ‘हामीले लिनुपर्ने बक्यौता पानीमुनि गएर पनि उठाइन्छ,’ उनले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL